Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूरूक्षेत्र -१ का जनप्रतिनिधिले गरे बुटवल आएर सुझाव संकलन

रूरूक्षेत्र -१ का जनप्रतिनिधिले गरे बुटवल आएर सुझाव संकलन

  • 1.7K
    SHARES

  • रूरूक्षेत्र -१ का जनप्रतिनिधिले गरे बुटवल आएर सुझाव संकलन

    बुटवल,बैसाख २२ ।

    गुल्मीको रूरूक्षेत्र गाउँपालिका वडा नं.१ का जनप्रतिनिधिले बुटवलमा आएर सुझाव संकलन गरेका छन् । रूरूमा जन्मथलो भई  रुपन्देही जिल्लामा आएर बसोबास गर्दैै आएका सरोकारवालाहरुसँग नयाँँवर्ष २०८१ को शुभकामना आदानप्रदान गर्दैै जनप्रतिनिधिले गाउँको विकासको लागि सुझाव संकल गरेका हुन ।

    स्थानीय तहले बसाइँसराई रोक्नको लागि गाउँमै स्वरोजगार बन्ने वातावरण सृजना गरिनु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छन ।रुरुक्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलको प्रचारप्रसार गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके स्थानीय स्वरोजगार बन्ने उनिहरुको भनाई छ ।ruru.jpg

    खानेपानीको सहज पहुँच ,कृषि उपज उत्पादनमा आधारित अनुदान, सडक निर्माण ,भौतिक पुर्वाधार , स्वास्थ्य चौकी र नियमित यातायातका साधन गुडाउने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन । रुरु गाउँपालिका  वडा नं १ का वडा अध्यक्ष नवराज बिकले जनप्रतिनिधिले जनतासँग हातोमालो हुने, बसाइँसराइ रोक्दै गाउँलाई समृद्ध बनाउन आवश्यकता रहेको बताउनुभयो ।ruru.jpg

    सरोकारवालाहरुले उठाएका सवाल र सुझावहरूलाइ कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।वडाको पहिचानको लागि डकुमेन्ट्री बनाउदै ,उखु पकेट क्षेत्र बनाउने अध्यक्ष बिकले बताउनुभयो ।  आर्थिक वर्ष २०८१-०८२ को नीति निर्माणका लागि सुझाव संकलन गरिएको वडा सचिव रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।ruru 1.jpg

    कार्यक्रममा बोल्दै समाजसेवी  फणीन्द्रराज ज्ञवालीले जनप्रतिनिधिले राजनीति नगर्नको लागि सुझाव दिनुभयो । त्यसतै लालबहादुर बिकले समाजमा सबै मिलेर बिकास गर्नुपर्ने धारणा राख्नुभयो ।कार्यक्रममा गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजका अध्यक्ष तथा बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले गाउँको समस्या समाधानमा जनप्रतिनिधि मात्रै नभएर स्थानीय पनि संगै हुनुपर्नेमा जोड दिनुभयो ।  पानीको मुहान जोगाउँदै  भौतिक र सडक निर्माण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो  ।

    भट्कुवा रूपन्देही सम्पर्क समाजका अध्यक्ष डोलराज पौडेलले गाउँमा धेरै सडक बनेपनि एउटा पनि गतिलाे नभएको तर्क गर्नुभयो ।  कार्यक्रममा  जनप्रतिनिधिहरु घनश्याम ज्ञवाली , सुशील श्रेष्ठ , भट्कुवा रूपन्देही सम्पर्क समाज समाजका सचिव केशव ज्ञवाली, स्थानीयबासी लक्ष्मण ज्ञवाली , अच्युतराम ज्ञवाली, भिम ज्ञवाली,रचना पन्त, बुद्धि ज्ञवाली,पुजन ज्ञवाली, गकुल ज्ञवाली,राधा भट्टराई ज्ञवाली,कपिल पुरी,कपिल ज्ञवाली लगायतले बोल्नु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology