Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवलका टोलविकास संस्थामा १६-४० वर्षसम्मका युवाको अनिवार्य सहभागिता

बुटवलका टोलविकास संस्थामा १६-४० वर्षसम्मका युवाको अनिवार्य सहभागिता

  • 1.0K
    SHARES

  • बुटवलका टोलविकास संस्थामा १६-४० वर्षसम्मका युवाको  अनिवार्य सहभागिता

    बुटवल,बैसाख २१  ।

    बुटवलमा टोलविकास संस्थाको कार्यसमितिमा अनिवार्य रुपमा १६ देखि ४० वर्षसम्मका युवाको सहभागिता हुनुपर्ने भएको छ।बिहीबार बसेको बुटवल उपमहानगरपालिकाको कार्यपालिका बैठकले टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका संसोधन गर्दै युवाको सहभागिता अनिवार्य बनाउने निर्णय गरेको हो।

    जसअनुसार टोल विकास संस्थामा ३० प्रतिशत १४ वर्षदेखि ४० वर्ष सम्मका युवाहरुको प्रतिनिधित्व सुनिश्चित भएको छ। टोल विकास संस्थामा युवाहरुलाई सहभागी गराई नगरको विकासमा युवाहरुको योगदानलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

    उनले युवाहरुलाई विकाससँग जोड्दै प्रत्यक्ष सहभागी बनाउने उदेश्यका साथ निर्देशिका संसोधन गरिएको बताए। युवाहरुलाई टोलदेखि नै विकासमा चासो बढाउने र विकासमा सहभागी गराउने उदेश्य हो -उनले भने।

    यसअघि टोल विकास संस्थाका कार्यसमितिका पदाधिकारी समावेशी बनाउन कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था रहेकोमा युवाको सहभागिता सुनिश्चित गर्ने प्रावधान थप गरिएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology