Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य

नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य

  • 1.0K
    SHARES

  • नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य

    काठमाडौं,वैशाख २० ।

    वेस्टइन्डिज एले चौथो टी-२० खेलमा घरेलु टोली नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो ।

    आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए । फबिएन एलेन १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा नट आउट रहे । जोनसन चार्ल्स ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनमा आउट भए । उनले तेस्रो खेलमा ११९ रनको शतकीय इनिङ खेलेका थिए ।

    ओपनर एलिक एथानाजेलाई प्रतिश जि.सीले ५ रनमा आउट गरेका थिए । त्यसपछि जोनसन चाल्र्स र आन्द्रे फ्लेचरले ९२ रनको साझेदारी गरेका थिए । चार्ल्स कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा काउकर्नरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । त्यसपछि आएका केसी कार्टी भने १० बलमा ४ रन बनाएर आउट भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology