Logo बिहिवार, आश्विन १ गते २०८३
images

लालटिन बहुउद्देश्यीय सहकारी संस्थाद्वारा विश्व मजदुर दिवसमा रक्तदान

लालटिन बहुउद्देश्यीय सहकारी संस्थाद्वारा विश्व मजदुर दिवसमा रक्तदान

  • 1.5K
    SHARES

  • लालटिन बहुउद्देश्यीय सहकारी संस्थाद्वारा विश्व मजदुर दिवसमा रक्तदान

    बुटवल,वैशाख १९ ।

    लालटिन बहुउद्देश्यीय सहकारी संस्थाले  विश्व मजदुर  दिवसमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । नियमित कार्यक्रम अन्तर्गतको २५ औं श्रृङ्खला स्वरूप खुल्ला रक्तदान कार्यक्रम सहकारी संस्थाको पसल प्राङ्गण देवीनगरमा भएको हो ।

    सामाजिक सेवामा टेवा पुर्याउन र रुपन्देहीमा रगतको कमी हुन नदिने मूल उद्देश्यले नियमित रुपमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको सहकारीले जनाएको छ।

    कार्यक्रममा संस्थाका शेयर सदस्य, उपभोक्ताहरु तथा स्थानीयले गरेर ५० युनिट रगत संकलन भएको सहकारीका अध्यक्ष गंगालाल सापकोटाले बताए । सहकारीले नियमित रुपमा रक्तदान गर्दै आइरहेको ब्यबस्थापक लोकनाथ गिरिले बताए ।

    कार्यक्रममा रक्तसंचार केन्द्र बुटवलले प्राबिधिक सहयोग गरेको कार्यक्रम संयोजक पुष्पा न्यौपाने शर्माले बताइन् ।lal.jpg

     

     

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology