Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कागबेनीमा विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते

कागबेनीमा विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते

  • 900
    SHARES

  • कागबेनीमा विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते

    म्याग्दी,वैशाख १८ ।

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४, कागबेनीमा पर्ने मुक्तिनाथ सडकखण्डको सेल्फिडाँडामुनि घुम्तीमा बस सडकमा पल्टिँदा २१ जना यात्रु घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार प्रदेश नम्बर ३ ०१००६ ख ६२२ नम्बरको बस मंगलबार बिहान ९ बजे दुर्घटनामा परेको थियो । मुक्तिनाथ दर्शन गरी फर्क‌दै गरेको ३३ जना विद्यार्थी सवार बस ब्रेक फेल भई सडकमा पल्टिएको हो । दुर्घटनामा घाइते भएका २१ विद्यार्थीको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनामा परी सिरहा लहानका आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमीका अनुज न्यौपाने, सिरहा गोलबजारकी ज्योति साह, गुल्मी रुरुकी समीक्षा ज्ञवाली, काठमाडौं कीर्तिपुरकी प्रतीक्षा खड्का, भक्तपुर चाँगुनारायणकी विन्दा दाहल, काठमाडौं एयरपोर्टकी अनामिका थापा, कैलाली गोदावरीका ध्रुवराज जोशी, भोजपुर भोजपरनका पेसल बस्नेत, महोत्तरी जलेश्वरकी रम्मा कुमारी, पाँचथर कुम्मायका आदेश लावती घाइते भएका छन् ।

    त्यसैगरी सुनसरी हरिनगरका निशान रसाइली, धनुषा धनगढीका सुरजकुमार परियार, बर्दिया मधुवनका सुवास नेपाल, काभ्रे तेमालका सौगात त्रिपाठी, सर्लाही कौडैनाका साहुल साह, काठमाडौं ३५ का साइरस तामाङ, भक्तपुर सूर्यविनायकका अनामिका सुवार, धनुषा जनकपुरका दीपककुमार निधि, सर्लाही हरिवनका निरञ्जन साह र डोटी शिखर नगरपालिकाका रोहित बलायर पनि घाइते भएका छन् ।

    ‘कागबेनीको सेल्फीडाँडामुनि घुम्तीमा शैक्षिक भ्रमणमा आएको विद्यार्थीं सवार बस दुर्घटनामा घाइतेहरूको उद्धार गरी जोमसोमस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology