Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१२ कक्षाको प्रश्नपत्र आउट गर्ने २ जना पोखराबाट पक्राउ

१२ कक्षाको प्रश्नपत्र आउट गर्ने २ जना पोखराबाट पक्राउ

  • 867
    SHARES

  • १२ कक्षाको प्रश्नपत्र आउट गर्ने २ जना पोखराबाट पक्राउ

    पोखरा,बैसाख १८ ।

    १२ कक्षाको प्रश्न पत्र आउट गरेको आरोपमा दुईजना पोखराबाट पक्राउ परेका छन् । पोखरा ११ फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट आउट गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    आइतबारको प्रश्न पत्र आउट गरेको उजुरी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारमा परेको थियो । पोखरा ११ फूलबारी बस्ने ३९ वर्षका नारायण बास्तोला र सोही ठाउँका ३७ वर्षीय रामचन्द्र बास्तोलालाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त कुमार शर्माले जानकारी दिए ।

    उनीहरूको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान पनि बरामद गरिएको शर्माले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology