Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सम्पादक ज्ञवालीलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार-२०७९’

सम्पादक ज्ञवालीलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार-२०७९’

  • 1.5K
    SHARES

  • सम्पादक ज्ञवालीलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार-२०७९’

    बुटवल,वैशाख १५ ।

    नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवाली उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ। नेपाल पत्रकार महासंघ रूपन्देहीको १२ औँ अधिवेशन तथा साधारणसभाका अवसरमा उहाँलाई सम्मान प्रदान गरिएको हो ।

    ज्ञवाली बुटवल उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ रूपन्देहीद्वारा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार– २०७९ बाट ५० हजार रुपिँया नगदसहित सम्मानित हुनुभएको हो ।

    kapil g.jpg

    ज्ञवालीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, महासंघका रुपन्देही अध्यक्ष रामराज पोख्रेल, प्रदेश उपाध्यक्ष शुक्रऋषि चाैलागाइ,उत्कृष्ट पत्रकारिता पुरस्कार छनोट तथा मूल्यांकन समितिका संयोजक यानेन्द्र जिसी, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल लगायतले प्रसंसापत्र तथा नगदसहित सम्मान प्रदान गर्नुभएको हो ।

    करिब दुई दशकदेखि रुपन्देहीमा रहेर पत्रकारिता गरिरहनुभएका ज्ञवाली गाेरखापत्र संस्थानका समाचारदाता तथा बुद्ध सामुदायिक टेलिभिजनका कार्यकारी प्रमुख समेत हुनुहुन्छ।

    सो अवसरमा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले आलोचनात्मक चेत सहितको पत्रकारिता गर्नुपर्ने बताउनुभयो।

    उहाँले राज्यले कहिले पनि पत्रकारका मुद्दालाई बोक्न नचाहेको भन्दै संसदमा पनि पत्रकारका एजेण्डामा सांसदहरु नबोलेको स्मरण गर्नुभयो ।

    महासंघले हरेक वर्ष एक जना पत्रकारलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको सचिव बिनोद परियारले बताउनुभयो।

    उत्कृष्ट पत्रकारिता पुरस्कार- २०७८ बाट पत्रकार टीआर शर्मा सम्मानित हुनुभएको छ भने सिद्धार्थ श्रमजीवी पुरस्कारबाट दीपक घिमिरे सम्मानिन हुनुभएको हो।

    पूर्वअध्यक्षहरुलाई सम्मान :

    सोही अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । महासंघको संस्थागत विकास पूर्वअध्यक्षहरुले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । पूर्वअध्यक्ष डा.बालकृष्ण चापागाई, विनोद पहाडी, हरी लम्साल, डिआर घिमिरे, मोहन चापागाई, दीपक ज्ञवाली, शेर बहादुर केसी र यानेन्द्र जिसिलाई सम्मानपत्र र दोसल्ला ओढाएर समान गरिएको हो । यसैगरी सल्लाहकार दिनेश पाण्डेय, खिमानन्द भट्टराई, इन्दिरा अर्याल र माधव ढुंगानालाई पनि सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ । पूर्वअध्यक्ष र सल्लाहकारहरुलाई महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र जिल्ला अध्यक्ष रामराज पोखरेलले सम्मान गरेका हुन ।

    प्रेस स्वतन्त्रता सेनानीलाई सम्मान :

    सोही अवसरमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई पनि बिशेष सम्मान गरिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता क्षेत्रको विकासका लागि पु¥याएको योगदान स्वरुप प्रेस स्वतन्त्रता सेनानी कर्णबहादुर कार्की, दील साहनी, अर्जुन ज्ञवाली र विनोद पहाडीलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

    १० जनालाई मरोपरान्त सम्मान :

    यसैगरि विभिन्न कारणले मृत्यू भएका १० जना पत्रकारका परिवारलाई मरोणेपरान्त सम्मान गरिएको छ । स्व। प्रेस स्वतन्त्रता सेनानी पं बाबुराम भट्टराई, टिकाराम न्यौपाने, डायलसन अधिकारी, हिक्मत चौधरी, बिन्दु कुमार चौहान, प्रेस स्वतन्त्रता सेनानी बसन्त पोखरेल खेम परिश्रमी, टेक मास्की राना, सर्य श्रेष्ठ आजाद र नर बहादुर कण्डेल (एनबि) को परिवारलाई नगद ५ हजार ५ रुपैयाँ सहित सम्मान गरिएको हो । यसैगरी अधिवेशनका अवसरमा आन्तरीक लेखा परीक्षक  इश्वरी ज्ञवाली नगद ५ हजार सम्मानपत्र र कार्यालय सचिव सागर पन्थी नगद ४ हजार एक सय  र समान पत्रले सम्मानित भएका छन । साथै शनिबारै सम्पन्न भएको सचिव विनोद परियारद्धारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सञ्जय सौगातद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन बन्दसत्रमा व्यापक छलफल गरेर पारित गरिएको छ । महासंघको यो अधिवेशनमा प्रतिवेदनमाथि मात्रै छलफल भएको हो । केन्द्रीय अधिवेशन तथा साधारणसभा सकिएपछि निर्वाचन प्रक्रिया बल्ल शुरु हुनेछ ।

    ७ बुँदे घोषणा पत्र :fnj.jpg

    नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औं अधिवेशन तथा साधारण सभाले ७ बुँदे घोषणापत्र पारित गरेको छ । शनिबार सम्पन्न भएको १२ औं अधिवेशन तथा साधारणसभाले स्वतन्त्र, मर्यादित, निष्पक्ष र व्यवसायिक पत्रकारिताको विकासका लागि पत्रकार, सञ्चारसंस्था र समग्र संचारक्षेत्रको विकास र सवलीकरण लागि भूमिका खेल्न साधारण सभाले  प्रतिवद्धता ब्यक्त गरेको छ । त्यस्तै विभिन्न वहानामा विभिन्न संचारमाध्यमले पत्रकारहरुलाई जागिरबाट हटाउने, पारिश्रमिक रोक्ने, घटाउने जस्ता अप्रिय गतिविधि गरिरहेको प्रति गम्भिर ध्यानाकर्षण गराउँदै यो अधिवेशन तथा साधारण सभा त्यस्ता प्रवृति तत्काल रोक्न, निकालिएका पत्रकारहरुलाई पुनर्वहाली गर्न तथा न्यूनतम पारिश्रमिक निधारण समितिको मापदण्ड अनुसार समयै पारिश्रमिक भुक्तानी गर्न त्यस्ता संचारमाध्यमलाई जोडदार आग्रह गरेको छ ।

    यस्तै  सञ्चार क्षेत्रमा व्याप्त आर्थिक संकट अन्त्य गर्न सबैको योगदान जरुरी रहेको ठहर गर्दै यो अधिवेशन तथा साधारण सभा त्यसका लागि उचित वातावरण र नीतिका लागि विभिन्न तहका सरकार तथा सञ्चार क्षेत्रसंग सरोकार राख्ने निकायहरुसंग आग्रह गरेको छ । यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य पत्रकारहरुको तत्कालीन, दीर्घकालिन समस्या र स्वास्थ्य उपचारमा सहयोग गर्ने गरि पत्रकार कल्याणकारि कोषलाई थप बृद्धिका लागि पहल गर्न जोड दिएको छ ।

    संचार क्षेत्रमा बढ्दो विकास रफ्तारसंगै कतिपय वेथिती, आचांर संहिता उल्लघन जस्ता गुनासाहरु सार्वजनिक हुने गरेकोप्रति चासो व्यक्त गर्दै यो  अधिवेशन तथा साधारण सभा पत्रकार महासंघको मर्यादामा रहेर पत्रकारीता आचांरसंहिताको स्वपालाना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सम्पुर्ण सदस्यहरुलाई अपिल सभाले गरेको छ । यस्तै नयाँ सुचना प्रविधि प्रयोगमा देखिएका कतिपय विकृतीहरु रोक्न पहल गर्न जरुरी रहेको ठहर गर्दै यो अधिवेशन तथा साधारण सभा त्यस्ता अत्याधुनिक माध्ययमहरुको सहि सदुपयोग गरी मर्यादित पत्रकारितामा योगदान पु¥याउन यो अधिवेशन तथा साधारण सभा अपिल गरेको छ ।महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवालीको संयोजकत्वमा बनेको समितिले ७ बुँदे घोषणा पत्र तयार पारी बन्दसत्रमा विक्रम खड्का, सरु राना, राम बिकास चौधरी र शंकर पाण्डेय रहेका थिए । 

    यसअघि उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकार महासंघ नागरिक संगठनको अग्रणी संस्था भएकाले यसको अधिवेशन र साधारणसभामा नीतिगत बिषयमा छलफल गर्नुपर्ने बताए । उनले शुुद्धिकरणको अभियान कसैलाई निष्कासन तथा अपमान नभई विशुुद्ध पत्रकारिता गर्नेलाई एकिकृत बनाउनको लागि भएको बताए । विभिन्न स्थानमा बसेर मिडिया हाउसलाइ दुरुपयोग गरेका घटनाहरु बाहिर आईरहेकोले यो तर्फ जान बाध्य भएको बताए ।  उनले शुद्धीकरण अभियान इभेन्ट नभई मुभमेन्ट भएको बताउँदै कसैलाई अन्याय हुन नदिने समेत बताए । उनले पत्रकारिता क्षेत्रको गरिमा बचाउनका लागि समेत शुद्धिकरण जरुरी भएको बताए ।  अध्यक्ष पोखरेलले रुपन्देही शाखाले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बताए ।

    कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासंघले सदस्यता संगै सञ्चारमाध्यका बिषयबस्तुमा पनि शुद्धिकरणमा गर्नुपर्ने बताए । उनले पत्रकारितामाथि आम मानिसहरुले प्रश्न गर्न थालेको भन्दै अब पेशागत मर्यादालाई ध्यान दिनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले पत्रकारहरुले सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने बताईन । उनले बुटवल उपमहानगरपालिकाले सञ्चार क्षेत्रको विकासका लागि सहकार्य गर्दै अगाडि बढेको समेत बताईन । उनले विकास निर्माणका सवालमा आफुहरुले काम गर्दै आइरहेको बताउँदै पत्रकारिताको विकासका लागि आफुहरुले सहकार्य गर्दै अगाडि बढ्ने बताईन ।

    नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एंव केन्द्रीय प्रतिनिधि भवानी प्रसाद पाण्डेले पत्रकारिताले आफ्नो शाख जोगाउँदै अगाडि बढ्नुपर्ने बताए ।
    कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकार महासंघको तीन बर्षे कार्यकालमा राम्रै काम गरेको बताए । उनले कोभिड महामारीको संकटबाट कार्यकाल शुरु भएको बताउँदै पत्रकारहरुको पेशागत सुरक्षा, हकहित र क्षमता अभिबृद्धि एंव संस्थागत विकास गरेको बताए ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईं, पूर्व अध्यक्ष डिआर घिमिरे, सल्लाहकार दिनेश पाण्डे, खिमानन्द भट्टराई,  नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी,  नेपाली काग्रेस रुपन्देही क्षेत्र नम्बर २ सभापति प्रजापाल गिरी,नेकपा रुपन्देही ईन्चार्ज शरद वली,नेकपा एकिकृत समाजवादीका रुपन्देही उपाध्यक्ष चीन बहादुर गुरुङ, नेकपा माओवादीका बुटवल नगर अध्यक्ष महेन्द्र भुसाल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, उपाध्यक्षद्वय बिश्वास ढकाल, अमृता अनमोल र सचिव बिनोद परियार लगायतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology