Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा हाफ म्याराथन तथा रोड रेस राष्ट्रिय खुल्ला प्रतियोगिताको तयारी तीब्र

बुटवलमा हाफ म्याराथन तथा रोड रेस राष्ट्रिय खुल्ला प्रतियोगिताको तयारी तीब्र

  • 1.1K
    SHARES

  • बुटवलमा हाफ म्याराथन तथा रोड रेस राष्ट्रिय खुल्ला प्रतियोगिताको तयारी तीब्र

    बुटवल, बैशाख १४।

    मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस राष्ट्रिय खुल्ला प्रतियोगिताको तयारी तीब्र पारिएको छ । युवा खेलाडीहरुलाई लक्षित गरि प्रतियोगिता गर्न लागेको  एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले बताए । ‘विद्यालयस्तरका खेलाडीहरुलाई प्रोत्साहन गर्ने र खेलाडी उत्पादनमा सहयोग गर्ने गरि कार्यक्रम गर्न लागेको हौ ।’—उनले भने ।

    जेठ ३ गते स्वर्गिय मदन भण्डारीको ३१ औ स्मृति दिवसको अवसर पारेर कार्यक्रम गर्न लागेको उनले बताए । हाफ म्याराथन २१ किलोमिटर (खुल्ला पुरुष), दौड १० किलोमिटर कलेज स्तरीय पुरुष, ५ किलोमिटर विद्यालयस्तर छात्र तथा ३ किलोमिटर दौड छात्रा र १ सय मिटर दौड छात्रछात्रा हुने छ । जेष्ठ नागरिकहरुलाई लक्षित गरि वाकाथन समेत हुने उनले बताए । ‘बालकदेखि वृद्धसम्म जोड्ने गरि खेलकुदलाई जोड्ने गरि कार्यक्रम अघि बढाएका छौ ।’-उनले भने ।

    प्रतियोगिताको टप १५ खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए । यसैगरि मुटुको शल्यक्रिया गरेका ओलम्पिक बैकुण्ठ मानन्धरलाई दुई वर्षका लागि मासिक ४ हजार रुपैयाका दरले एकेडेमीबाट जेठ ३ गते सहयोग रकम प्रदान गरिने उनले बताए ।देशका राजनीतिक नेताको नामबाट हुने प्रतियोगिता रोक्ने खेलकुद मन्त्रीको भनाई प्रति असहमती राख्दै अध्यक्ष आचार्यले राजनितिक सुझबुझ बिना निर्णय भएको दाबी गरे । 

    प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहन बहादुर घलेले दोस्रो पटक म्याराथन गर्न लागेको बताए । प्रतियोगिताको खुला पुरुष हाफ म्याराथनको उपाधि विजेताले नगद १ लाख, उपविजेताले ७५ हजारसहित तृतिय ५० हजार, चौथौ ३० हजार, पाचौ २० हजार, छैटौ १० हजार रुपैया पुरस्कार राशी रहेको छ ।

    यसैगरि कलेजस्तरीय १० किलोमिटर छात्र दौडमा प्रथम, द्धितिय, तृतिय गरि क्रमश छैटौसम्म ३५, २५, १५, १०, ७ र ५ हजार रुपैया पुरस्कार रहेको छ । यसैगरि विद्यालय छात्रमा प्रथम देखि छैटौसम्म क्रमश २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार रहेको छ । छात्रा ३ किलोमिटर दौडको भने प्रथमदेखी छैटौसम्म क्रमश १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैया पुरस्कार रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करीब ४० लाख रुपैया खर्च हुने आयोजकको अनुमान छ ।

    एकेडेमीका सदस्य सचिव बिनोद आचार्यले भारतको ब्याडमिन्टन २१ एकेडेमीसंग सहकार्यमा नेपालको मदनभण्डारी एकेडेमी विकासका कार्यक्रम अघि बढाएको बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology