बुटवल, भदौ २१।
नेपाली काँग्रेसका सांसद एवम् अर्बपति विनोद चौधरी कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका छन्। १० दिनको होम आइसोलेसनपछि चौधरीले कोरोना जितेका हुन् ।
१२ भदौमा कोरोना संक्रमित भएका चौधरीले शनिबार कोरोना संक्रमणबाट मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
उनले फेसबुकमा लेखेका छन्, १० दिनसम्मको एकान्तबासमा तपाईंहरुको माया र ऊर्जाले ठूलो हौसला दियो। त्यही ऊर्जाकै कारण कोरोना संक्रमणबाट मुक्त भएको छु । मैले जीवनमा तपाईंहरु जस्ता आफन्त, इष्ट मित्र, साथी भाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)