Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थाईल्याण्ड पुगेर लुम्बिनी विकास कोषका तर्फबाट श्रद्धाञ्जली अर्पण  

थाईल्याण्ड पुगेर लुम्बिनी विकास कोषका तर्फबाट श्रद्धाञ्जली अर्पण  

  • 873
    SHARES

  • थाईल्याण्ड पुगेर लुम्बिनी विकास कोषका तर्फबाट श्रद्धाञ्जली अर्पण  

    बुटवल, बैशाख १२ ।

    बुद्धजन्मस्थल लुम्बिनी स्थित राजकीय थाई विहारका प्रमुख भन्ते सुफोद र थाइल्याण्डको नेपाल–भारत हेर्ने धर्मदुतको आमाको निधनमा लुम्बिनी विकास कोषका तर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको छ ।

    ७७ बर्षिय स्व. योम सुफानको निधनको ७ औं दिन सोमबार नेपालको प्रतिनिधित्व गर्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य राजेश शाक्यले श्रद्धा१जली अर्पण गरेका हुन । थाइल्याण्ड स्थित  बिहार बैंककदेखि ४ सय किमि पुर्व सुरथमा पुगि  श्रद्धाञ्जली अर्पण गरिएको कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए । राजकिय सम्मानसाथ गरिएको श्रद्धाञ्जली सभामा लुम्बिनी बिकास कोष र नेपालको प्रतिनिधित्व गरि परिवारजनहरू प्रति समवेदना प्रकट गरिएको उनले बताए ।

    यसैविच थाईल्याण्डकी प्रमुख प्रतिपक्षी दलका नेता सुधारथसंग पनि भेट गरी लुम्बिनीको विकासका सन्दर्भममा छलफल गरिएको भट्टराईले बताए । उनका अनुसार थाईल्याण्डको नर्थ बैककमा रहेको प्रसिद्ध बौद्द धार्मिक संस्था धम्मकायाको विहार प्रमुख भिक्षु लुजिपो धम्मकायोको औ जन्मदिवस समारोहमा समेत सहभागी भएका छन ।

    धम्मकायाको निमन्त्रणामा थाइल्याण्ड रहेका कोषाध्यक्ष भट्टराई सहितको टोलीले बृहत्तर लुम्बिनी क्षेत्रमा बौद्ध धार्मिक गतिविधि र पुर्वाधारका लागि थालइल्याण्डले खेलेको भूमिका प्रशंसनीय रहेको र अझ बढाउनका लागि विभिन्न निकायहरुसँग छलफल गर्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology