बुटवल, वैशाख १२ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल आगो निभाउने क्रममा जलेर क्षतिग्रस्त भएको छ । नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा बुधबार हावासँगै आगोको लप्काले दमकलमा टिपेपछि आगलागी भएको इलाका प्रहरी चौकी मंगलापुर रुपन्देहीले जनाएको छ ।
दमकलमा आगलागी भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यो वर्ष रुपन्देहीमा गर्मी सुरु भएसँगै भएको आगलागीमा ठूलो भौतिक क्षति भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको मुग्लाहामा करिव १० विगाहा जग्गाको गहुँ बाली नै जलेर नष्ट भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)