Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुद्ध सामुदायिक टेलिभिजनद्वारा भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान-प्रदान

बुद्ध सामुदायिक टेलिभिजनद्वारा भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान-प्रदान

  • 1.7K
    SHARES

  • बुद्ध सामुदायिक टेलिभिजनद्वारा भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान-प्रदान

    बुटवल,बैसाख १२ ।

    शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो बिमोचन गरेको छ ।

    बुटवलको चौराहामा प्रधान कार्यालय रहेको टेलिभिजनले एक कार्यक्रमको आयोजना गर्दै नयाँवर्षको अवसरमा सञ्चालक तथा कर्मचारीहरु बिच शुभकामना आनदनप्रदान र  २०८१ सालको भित्तेपात्रो प्रकाशित गर्दै बिमोचन गरिएको हो ।btv s.jpg

    कार्यक्रममा बोल्दै टेलिभिजन सञ्चालक समिति अध्यक्ष ओम ज्ञवालीले बुद्ध सामुदायीक टेलिभिजनले जहाँ दुख्छ त्यहाँ पुग्छ भन्ने नारालाई आत्मसाथ गर्दै समाजका हरेक गतिबिधिहरुलाई प्राथमिकताको साथमा प्रसारण गर्दै आईरहेको बताए ।उनले नयाँ वर्ष २०८१ ले टेलिभिजनले नयाँ कार्यकारी प्रमुख पाएको भन्दै सहकार्यलाई बलियो बनाउँदै टेलिभिजनलाई प्रदेशकै पहिलो टेलिभिजन बनाउन लाग्नुपर्नेमा जोड दिए ।

    उनले नयाँ वर्षको शुभकामना प्रदान गर्दै थप जोश तथा जागरका साथ काम गर्न आग्रह गर्दै कर्मचारीहरुको योगदानले टेलिभिजनको अवस्था सुधार हुनेमा आफु विश्वस्त रहेको बताए ।कार्यक्रममा बोल्दै टेलिभिजन सञ्चालक समिति उपाध्यक्ष गोपाल ज्ञवालीले नयाँवर्षको शुभकामना दिँदै कर्मचारीहरुको मेहनतले टेलिभिजनको गुणस्तर बढ्दै जाने भएकोले उत्साहका साथ काम गर्न आग्रह गरे ।

    यस्तै टेलिभिजनका सचिब जेबि गुरुङले नयाँ वर्षले थप जोश र जागरका साथ काम गर्ने हौसला प्रदान गरेको बताए । उनले टेलिभिजनमा नयाँ कार्यकारीलाई हरेक किसिमबाट सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गर्दै सहकार्यले टेलिभिजनको उचाई बढ्ने विश्वास ब्यक्त गरे ।logo buddha tv.jpg

    टेलिभिजनका नवनियुक्त कार्यकारी प्रमुख कपिल ज्ञवालीले आफु बिगत २० वर्ष यता टेलिभिजन पत्रकारितामै क्रियाशील रहेको बताउँदै बुद्ध टेलिभिजनको उचाईलाई बढाउने गरि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

    उनले आफु प्रमुख नियुक्त भएको पहिलो दिन नै ई हाजिरी लागु , नयाँ लोगोको प्रयोग र लोगोको स्थान परिवर्तन, तथा थप कार्यबिभाजन र अन्य व्यवस्थापनको काम गरेको बताउँदै नयाँवर्षको भित्तेपात्रो समेत १० दिनको मेहनतले प्रकाशन गर्न सफल भएको भन्दै सहयोग गर्ने कर्मचारी धन्यवाद ब्यक्त गरे ।

    कार्यक्रममा टेलिभिजन सञ्चालक कार्यसमिति सदस्यहरू दुर्गा नेपाल, कमला काफ्ले,  ज्ञानप्रसाद ज्ञवाली, टेलिभिजनका बजार व्यवस्थापक राम भण्डारी लगायतले टेलिभिजन टिमवर्क भएको भन्दै एकजुट भएर काम गर्नुपर्ने बताएका थिए ।

    कार्यक्रममा समाचार, कार्यक्रम, प्राविधिक, प्रोडक्सन शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।btv.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology