Logo बिहिवार, आश्विन १ गते २०८३
images

०८३ भित्र सकिनुपर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणको काम १२ प्रतिशत मात्रै ! (फोटोफिचर)

०८३ भित्र सकिनुपर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणको काम १२ प्रतिशत मात्रै ! (फोटोफिचर)

  • 3.4K
    SHARES

  • ०८३ भित्र सकिनुपर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणको काम १२ प्रतिशत मात्रै  ! (फोटोफिचर)

    बुटवल,बैसाख ८  । 

    सिद्धबाबा क्षेत्रमा अहिले धमाधम सुरुङमार्ग निर्माण भैरहेको छ । ठेक्का सम्झौता भएको दुई वर्ष नाघिसक्दा  सुरुङमार्ग निर्माणको काम १२ प्रतिशत मात्रै पूरा भएको छ। ठेक्का सम्झौताअनुसार २०८३ भित्र निर्माणको काम पूरा हुनुपर्नेछ । 

    पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ फागुनमा ठेक्का सम्झौता भएको हो। बुटवल-पाल्पा सडक खण्डअन्तर्गत तिनाउँ गाउँपालिका ३, दोभान सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्न परेपछि सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माण गर्ने योजना बनाएको हो।surung siddhababa.jpg

    अप्ठ्यारो र जोखिमयुक्त माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म १ हजार १२६ मिटर सुरुङमार्ग निर्माणको काम सुरु भएको हो।  निर्माण कम्पनीले सुरुङमार्गको डिजाइनमा एक वर्ष समय खर्चिदा सुरुङ खन्ने काममा ढिलाइ भएको छ। मुख्य सुरुङमार्ग दक्षिण पोर्टलबाट ४५ मिटर सुरुङ खनिएको छ। उत्तर पोर्टलतर्फ स्लोप काटेर ढलान गर्ने काम भइरहेको छ।surung siddhababa.jpg

    दक्षिण र उत्तरतर्फका दुबै पोर्टल, निकासका लागि राखिएका तीन वटा सुरुङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सनलगायतका काम एकसाथ अघि बढाएको छ।१५ दशमलव ६ मिटरको पहिलो बाइपास टनेल, ७ मिटरको दोस्रो बाइपास टनेल र ४ मिटरको तेस्रो बाइपास टनेल खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ।surung siddhababa.jpgsurung siddhababa.jpg

    आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी तीन–तीन सय मिटरको दूरीमा तीन वटा सहायक सुरुङमार्ग बनाइएको छ। ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको र १२ दशमलव ४७ प्रतिशत आर्थिक प्रगति भएको छ।  निर्माण कम्पनीलाई कुल रकममध्ये ९१ करोड ५५ लाख ८९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ।siddhababa surung.jpg

    आगामी आर्थिक वर्षमा करिब ३ अर्ब, २०८२-८३ का लागि दुई अर्ब र २०८३-८४ को चैतसम्म १ अर्ब १८ करोड ७१ लाख आवश्यक पर्ने आयोजनाले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology