Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अंग्रेज हराएको खुशीयालीमा जितगढी किल्लामा विजय उत्सव

अंग्रेज हराएको खुशीयालीमा जितगढी किल्लामा विजय उत्सव

  • 1.3K
    SHARES

  • अंग्रेज हराएको खुशीयालीमा जितगढी किल्लामा विजय उत्सव

    बुटवल, वैशाख ७ ।

    जितगढी किल्ला बुटवलमा विजय उत्सव मनाइएको छ। विक्रम सम्बत् १८७१र७२ मा विश्व विजयको अभियान लिएर हिँडेको आधुनिक हतियारसहितको अंग्रेज फौजलाई युद्द कला र कौशलसँगै परम्परागत हतियारमा रहेको नेपाली फौजले वि।सं। १८७२ वैशाख ७ गते पराजित गरेको थियो ।

    त्यही खुशीयालीको अवसरमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष जितगढी विजय उत्सव मनाउँदै आएको छ ।  बुटवल उपमहानगरपालिका परिसरबाट बाजागाजासहित निस्किएको झाँकी र्‍याली पुल्चोक गणेशमन्दिर हुँदै जितगढी किल्लामा पुगेको थियो। गणेश मन्दिर परिसरमा गोरखाबाट पैदल यात्रा गरी आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जितगढी किल्लालाई अन्तरराष्ट्रिय स्तरमा प्रचार गर्न र पर्यटक आगमनमा जोड दिन आवश्यक रहेको बताए। उनले बुटवलमा रहेको जितगढी किल्ला यस क्षेत्रकै महत्वपूर्ण सम्पत्तिका रुपमा रहेको र यसको संरक्षण र प्रवर्द्धनमा संघीय सरकारले समेत विशेष चासो दिनुपर्ने बताए।    

    कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लालाई महत्वपूर्ण सम्पदाका रुपमा प्रवर्द्धन गरिरहेको बताउँदै नेपाल अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न संघ सरकारसँग माग गरे। उनले किल्लाको संरक्षणका साथसाथै पर्यटकीय स्थलका रुपमा स्थापित गर्न नगरले भरपूर प्रयास गरिरहेको बताए।

    कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको सम्पत्तिका रुपमा रहेको जितगढी किल्लाको संरक्षण र प्रवर्द्धनमा सबैको साथ जरुरी रहेको बताइन्।

    कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याललगायतले बोल्दै बुटवलमा रहेको जितगढीको प्रवर्द्धन र प्रचारप्रसारमा तीब्रता आएको र यसलाई निरन्तरता दिनुपर्ने बताए।

    कार्यक्रममा जितगढी किल्लाको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै अध्येताहरु निर्मल श्रेष्ठ, विमलबहादुर शाक्य, गोपालप्रसाद लाकौल, पत्रकारहरु महेन्द्र थापा, शरण कर्माचार्य, दिनेश श्रेष्ठ, आम्दा अस्पतालका मेसु डा विनोद पराजुली, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा  सुदर्शन थापा, झपेन्द्र जिसी, कुलबहादुर केसी, क्याप्टेन किसन बहादुर थापा, गंगा बहादुर क्षेत्री, जगत पौडेल, मनोज गौचन, महेन्द्र राजभण्डारी, माधव नेपाल, जमदार माधव पौडेललाई सम्मान गरिएको थियो।

    ऐतिहासिक दस्तावेजअनुसार सन् १८१४ नोभेम्बर १ मा बुटवल र स्युराजको विषयमा किचलो उठाई अंग्रेज तत्कालीन इष्ट इण्डिया कम्पनीले नेपाल विरुद्ध एकतर्फी युद्ध घोषणा गरेको थियो । बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एक हजार बेलायती सेना र तीन हजार हिन्दुस्तानी फौज लिएर तम्तयार भएका थिए ।jeetgadi killa.jpg

    जनरल अक्टर लोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने उदेश्यले अंग्रेजले नेपालतर्फ सेना पठाएको थियो । बुटवल कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढ्यो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भयो । सो युद्धमा अंग्रेज टोली ठूलो क्षति बेहोरेर फिर्ता भयो ।

    त्यसको तीन महिनापछि जनरल उडकै नेतृत्वमा फेरि बुटवलमा आक्रमण भयो । आक्रमणबाट जितगढी किल्लाको उत्तरतर्फ रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भएपनि किल्लाभित्र लुकेर बसेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे ।

    विक्रम सम्बत् १८७१र७२ मा विश्व विजयको अभियान लिएर हिँडेको आधुनिक हतियारसहितको अंग्रेज फौजलाई युद्द कला र कौशलसँगै परम्परागत हतियारमा रहेको नेपाली फौजले वि।सं। १८७२ वैशाख ७ गते पराजित गरेको थियो ।  सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष वैशाख ७ गते विजय उत्सव मनाउँदै आएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology