Logo बिहिवार, आश्विन १ गते २०८३
images

कर्मचारी संगठनको स्थापना दिवसमा छात्रवृत्ति वितरण

कर्मचारी संगठनको स्थापना दिवसमा छात्रवृत्ति वितरण

  • 831
    SHARES

  • कर्मचारी संगठनको स्थापना दिवसमा  छात्रवृत्ति  वितरण

    अर्घाखाँची,बैशाख ७ । 

    नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले आफ्नो स्थापना दिवसको अबसरमा छात्रवृत्ति वितरण गरेको छ । 
    सन्धिखर्क नगरपालिका २, चुत्राबेसीमा रहेको भगवती माध्यमिक विद्यालय कुर शंखेटारीमा स्थापना गरिएको अक्षयकोको व्याजबाट कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाइ नगद सहित प्रमाणपत्र प्रदान गरिएको संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारीले जानकारी दिए ।

    संगठनको ३३ औं स्थापना दिवसको अवसर पारी गतवर्ष स्थापना गरेको ५० हजार एकसय एक रुपैया अक्षयकोषको व्याजबाट कक्षा १२ मा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार छात्राहरु आकृति भुसाल र वर्षा रायमाझीलाइ क्रमश : तिनहजार र दुईहजार रुपैया सहित प्रमाणपत्र प्रदान गरिएको कर्मचारी संगठनका जिल्ला सचिव पशुपति खनालले जानकारी दिए  ।

    विद्यालयमा अक्षयकोष स्थापना गरेकोमा कर्मचारी गठनलाइ धन्यवाद दिदै प्रधानाध्यापक धुब्र केसीले कोषको व्याजले विद्यायलयमा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक वृद्धि विकासमा सहयोग पुग्ने बताएका छन्  । संगठनका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज दिलिप केसीले आगामी दिनहरुमा पनि संगठनले यस्ता खाले रचनात्मक गतिविधिहरु नियमित रुपमा अगाडी बढाउने बताए ।

    कार्यक्रममा  विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष श्याम बहादुर भुसालले  पत्रकार महासंघ प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले शुभकामना मन्तब्य राखेका थिए ।  संगठनका जिल्ला अध्यक्ष गणेश भन्डारीको अध्यक्षता र सचिब पशुपति खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सोहि अवसरमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाइ कक्षा ११ मा अध्ययनरत बिद्यार्थीहरुले उज्ज्वल भविश्यको कामना सहित बिदाइ कार्यक्रम समेत सम्पन्न गरेको बिद्यालयका शिक्षक शोभाखर पन्थीले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology