Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बढीमा तीन महिनाभित्र नै संसद पुनर्स्थापना हुन्छ : घनश्याम भुसाल

बढीमा तीन महिनाभित्र नै संसद पुनर्स्थापना हुन्छ : घनश्याम भुसाल

  • 4.7K
    SHARES

  • बढीमा तीन महिनाभित्र नै संसद पुनर्स्थापना हुन्छ : घनश्याम भुसाल

    बुटवल,पुस १४ ।  

    नेकपा प्रचण्ड माधव पक्षका नेता घनश्याम भुसालले तीन महिना भित्रमा संसद पुनःर्स्थापना गरेरै छाड्ने दाबी गरेका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले आज बुटवलमा आयोजित प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै उनले तीन महिनाभित्र नेपाली जनताहरुले  फिर्ता गरेरै छाड्ने दावी गरे ।

    असंवैधानिक कदम लामो समय नटिकेको प्रसंग स्मरण गर्दै पूर्वमन्त्री समेत रहेका भुसालले बढीमा तीन महिनाभित्र संसद पुनःर्स्थापना हुने दावी गरे । लोकतन्त्रको संरक्षक सर्वोच्च अदालत भएको भन्दै उनले सर्वोच्चले लोकतन्त्रमा विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यत गरे ।

    प्रधानमन्त्रीको कदमविरुद्ध आफुहरुको आन्दोलन कुनै पनि हातलमा नरोकिने बरु हेरक ठाउँमा बढ्दै जाने दाबी गरे । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ३ करोड नेपालीहरुको अधिकारलाई अपमान गरेको समेत बताए ।

    नेपालमा कुनै पनि प्रतिगमन नटिकेको उल्लेख गर्दै उनले २०१७ सालमा राजाले गरेको प्रतिगमन ३० वर्ष पछि जनताले  फिर्ता ल्याएको स्मरण गरे । त्यस्तै २०६१ सालमा  राजा ज्ञानेन्दले चालेको प्रतिगमनलाई पनि नेपाली जनता सडक आएर तीन वर्षमै फिर्ता गरिदिएको बताए ।

    संसद पुनर्स्थापना भए नेकपा एक ठांउमा आउँछ नभए सडकले टुं‌गाे लगाउँछ : घनश्याम भुसाल

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology