Logo बिहिवार, आश्विन १ गते २०८३
images

महावीर पुनले बेचे ९७ दिनसम्ममा ८० हजार पुस्तक

महावीर पुनले बेचे ९७ दिनसम्ममा ८० हजार पुस्तक

  • 3.8K
    SHARES

  • महावीर पुनले  बेचे ९७ दिनसम्ममा ८० हजार पुस्तक

    बुटवल,बैसाख २ ।

    राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुन पुनले अहिलेसम्म ८० हजार पुस्तक विक्रि भएको बताउनुभएको छ । वीरगंजको कृषि औजार कारखाना पुनः संचालनको भन्दै उहाँ आफ्नै आत्मकथा रहेको पुस्तक बेच्नको लागि देशदौडाहामा लाग्नु भएको हो ।

    अहिले ९७ औं दिनको दिन रुपन्देही जिल्लाको तिलोत्तमामा आईपुग्दा ८० हजार पुस्तक विक्रि भईसकेको जानकारी दिनुभयो । उहाँ नयाँ वर्ष २०८१ सालको पहिलो दिनपनि डाक्टर पुन पुस्तक बेच्ननको लागि ब्यस्त हुनुहुन्थ्यो । पुनले शनिबार मणिग्राम, ड्राईभरटोल, बनबाटिका र योगिकुटी चोकमा पुस्तक विक्रि वितरण गर्नुभएको हो ।

    पश्चिम महाकालीबाट सुरु भएको यात्रामा करिब ३ लाख पुस्तक बेच्ने र अहिलेसम्म ८० हजार पुस्तक विक्रि भईसकेको पुनले बताउनुभएको छ ।mahabir pun book.jpg

    कारखना सञ्चालनको लागि २५ करोड पुँजी चाहिने भएकाले १ प्रतिशत नेपालीले पुस्तक किनिदिए लक्ष्य पुरा हुने बैज्ञानीक पुनको भनाई छ । कृषि कारखाना सञ्चालनमा आए  सय जना भन्दा बढिले प्रत्यक्ष रोजगारी पाउने र कृषकलाई फाईदा पुग्ने उहाँको भनाई छ । ३०८ पेज रहेको उक्त पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ ।

     

    mahabir r.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology