Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बालकृष्ण खांण भन्छन- ‘ओलीले असंवैधानिक कदम चाले,अदालतको निर्णयपछि हामीले उपयुक्त निर्णय लिन्छाैँ’

बालकृष्ण खांण भन्छन- ‘ओलीले असंवैधानिक कदम चाले,अदालतको निर्णयपछि हामीले उपयुक्त निर्णय लिन्छाैँ’

  • 4.1K
    SHARES

  • बालकृष्ण खांण भन्छन- ‘ओलीले असंवैधानिक कदम चाले,अदालतको निर्णयपछि हामीले उपयुक्त निर्णय लिन्छाैँ’

    बुटवल,पुस १४ । 

    नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले अदालतमा रहेको बिचाराधीन मुद्धाकाे निर्णय कुरेकाे बताएका छन् । याे बिषयमा अदातललाइ धेरै प्रेसर दिनु उचित नहुने बताए ।

    ‘अदालतको निर्णयपछि हामीले उपयुक्त निर्णय लिन्छाैँ,अहिले पर्ख र हेरकाे अवस्थामा छाैँ,तर हामीले संसद बिघटनलाइ अलाेकतान्त्रिक, असंबैधानिक, अधिनायकबादकाे यात्रा भनेका छाैँ र देशभर बिराेध भैराखेकाे छ ’ -उनले भने ।

    प्रेस युनियन रुपन्देहीले बुटवलमा मंगलबार बिहान आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै नेता खाँणले भने-‘प्रधानमन्त्री केपी ओलीले अलाेकतान्त्रिक,असंबैधानिक,अधिनायकबादकाे यात्रा कदम चाले,जनताले यसकाे नतिजा देखाइदिनेछन् ।’

    केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेका खांणले नेकपा नेतृत्वको सरकारले जनताको हकअधिकार खोसेको आरोप लगाए । नेकपा नेतृत्वको सरकार बनेदेखि नै सुरक्षित भएका अधिकार समाप्त पार्ने काम गरेकाे दावी गर्दै ओलीकै पालामा मुलुकमा भ्रष्टाचार बढेको उनको आराेप छ ।

    ‘सरकारले जनताको मनोभावनाविपरीतका कार्य गर्दै आएको छ, सरकार संवेदनशील छैन, ’उनले भने । कोरोना महामारीको रोकथामका लागि भनेर खरीद गरिएका सामाग्रीमा पनि भ्रष्टाचार गरिएको भन्दै उनले जनादेशविरुद्ध लाग्ने कुनै पनि राजनीतिक दलको विरोध गर्नुपर्ने बताए । 

    राष्ट्रपति बिद्यादेवी भण्डारी प्रधानमन्त्रीकाे ‘हल्कारा ’जस्ताे :

    नेपालको राष्ट्रियता र लोकतान्त्रिक मुल्य–मान्यतालाई कमजोर हुन दिने पक्षमा कांग्रेस कहिल्यै हुन सक्दैन भन्दै उनले मुलुकको संविधानले प्रधानमन्त्री र राष्ट्रपतिलाई नभई जनतालाई मालिक बनाएको बताए ।press meet with khad.jpg

    राष्ट्रपति बिद्यादेवी भण्डारी प्रधानमन्त्रीकाे हुलाककाे हल्कारा जस्ताे भएकाे टीप्पणी गर्दै उनले भने-‘प्रधानमन्त्री जे पठायाे त्यही मसी सुक्न नपाउदै पास गर्नेभए कार्यालयमा सल्लाहकारहरु किन राखेकाे सरकारी तलब किन खुवाएकाे ? ’उनले प्रश्न गरे ।

    पत्रकार सम्मेलन सभापति रेखा भुसालकाे अध्यक्षता तथा सचिब श्यामशंकर पाण्डेकाे संचालनमा भएकाे थियाे ।

    याे पनि :-

    कांग्रेस संविधान र लोकतन्त्र रक्षाको निम्ति बलिदान दिन तयार छ : बालकृष्ण खाँण

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology