Logo बिहिवार, आश्विन १ गते २०८३
images

कञ्चनका गणित,अंग्रेजी र बिज्ञान बिषयका शिक्षकलाइ तालिम

कञ्चनका गणित,अंग्रेजी र बिज्ञान बिषयका शिक्षकलाइ तालिम

  • 1.3K
    SHARES

  • कञ्चनका गणित,अंग्रेजी र बिज्ञान बिषयका  शिक्षकलाइ तालिम

    बुटवल,बैशाख १ ।

    रुपन्देहीको कञ्चन गाउपालिकामा यही चैत्र २६ गते देखि संचालन भएको कञ्चनका गणित, अंग्रेजी र बिज्ञान बिषयका बिषयगत शिक्षकहरुको तालिम शुक्रवार सम्पन्न भएको छ। सिकाई प्रबर्द्धन परियोजना (रिड नेपाल) को आयोजनामा संचालन भएको ५ दिने बिषयगत तालिमको समापन कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु भएको हो।

    तालिमको समापन गर्दै अध्यक्ष ढकालले अभिभावक पछि स साना बालबालिकाहरुको सुन्दर भविष्य तय गर्ने दोश्रो अभिभावक भनेको बिद्यालयका शिक्षक शिक्षिकाहरु भएको बताउनु भयो। बिद्यालयमा जे जसरी सिक्छन उनिहरुले बिद्यालय पछि पनि आफ्नो आमा बुवाले यो कुरा सही होइन भनेर सिकाएपनि ती बिधार्थीहरुले बिद्यालयका शिक्षक तथा शिक्षिकाहरुले सिकाएको कुरालाई नै सत्य मान्ने भएको हुँदा आफुले शिक्षण गर्दै गर्दा सत्य र तथ्यमा आधारित बिषय बस्तुहरुलाई उनिहरुको मस्तिष्कमा पुग्नेगरी शिक्षण गर्नु पर्ने सुझाव दिनु भयो।

    यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि तथा कञ्चन गाउँपालिकाका शिक्षा अधिकृत रमेश भुसालले अवको शिक्षा सूचना र प्रवृधिमा आधारित हुनुपर्ने कुरामा जोड दिनु भयो।

    निजी तथा संस्थागत बिद्यालयहरुमा शिक्षकहरुका लागि समयानुकुल र सूचना र प्रवृधियुक्त तालिम उपलब्ध हुदैनन तर ती बिद्यालयका बिधार्थीहरु सिकाई उपलब्धी र तालिम प्राप्त सामुदायिक बिद्यालयका शिक्षक तथा शिक्षिकाहरुबाट शिक्षण गराइएका बिधार्थीहरुको सिकाई उपलब्धीमा किन फरक आइरहन्छ त भन्ने बिषयमा बिद्यालय, शक्षिक, तथा कार्यान्वयन निकायको ध्यान जानु पर्नेमा जोड दिनु भयो।

    शिक्षा अधिकृत भुसाललले रिड नेपालद्वारा कञ्चनका सामुदायिक बिद्यालयहरुको शैक्षिक स्तर बृद्धि गर्न, बिद्यालयको शैक्षािण कृयाकलापहरुलाई बिधार्थीमैत्री र सूचना तथा प्रवृधिसंग जोड्न गरिएको लगानी निकै महत्वपुर्ण र उपलब्धी मुलक हुनेमा बिश्वास ब्यक्त गर्नु भयो।JPG48.jpg
    कञ्चनका १९ सामुदायिक बिद्यालयका आधारभुत तह अन्तर्गत गणित, अंग्रेजी र बिज्ञान बिषयका बिष्यागत शिक्षकहरु गरी ११३ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको तालिममा प्रशिक्षकहरुको तर्फबाट कपिल घिमिरेले कुनै पनि बिषयमा आफुले प्राप्त गरेको ज्ञान सिपलाई समयानुकुल बिधार्थीहरु बिच पुर्याउन शैक्षिणिक कृयाकलापलाई प्रभावकारी बनाउदै लैजानु पर्ने बिषयलाई जोड दिनु भयो।

    कुनै पनि शैक्षणिक कृयाकलापलाई बढी प्रभावकारी बनाउन र बिधार्थीहरुको सिकाई प्रतिको रुचि बढाउन पाठ्यक्रममा आधारित शैक्षणि सामग्रीहरुको भरपुर उपयोग गर्न जरुरी रहेको प्रशिक्षक घिमिरेले बताउनु भयो।

    कार्यक्रममा रुद्रपुर माध्यमिक बिद्यालयका प्रधानाध्यापक डोलाराम पौडेल, प्रशिक्षथीहहरुको तर्फबाट ज्ञानोदय आधारभुत बिद्यालयका प्रधानाध्यापक रेनुका थापा, श्रोत शिक्षक प्रकाश क्षेत्री लगायतले सिकाई कहिलै पुरा नहुने तर आफुले सिकेको ज्ञान सिपलाई सहज र सरल रुपमा बिधार्थीहरुको मस्तिष्कसम्म पुर्याउन ब्यबहारिक ज्ञानको रुपमा शैक्षिक सामग्रीहरुको अधिक्तम उपयोगलेमात्र सिकाई उपलब्धीमा सकारात्म परिवर्तन आउने बताउनु भएको थियो।

    सिकाई प्रबर्द्धन परियोजनाका परियोजना अधिकृत कपिल घिमिरेको अध्यक्षता तथा हिरा बहादुर चौधरीको संचालनमा तालिम समापन भएको थियो। रुद्रपुर माध्यमिब बिद्यालयमा संचालन भएको तालिममा सहभगी भई उत्कृष्ट हुने बिद्यालयहरुलाई कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले सम्मान तथा पुरस्कार बितरण गर्नु भएको थियो। तालिममा भैसाही माधयमिक बिद्यालय प्रथम, जनज्योति माध्यमिक बिद्यालय द्वितिय भएका थिए भने सरस्वती माध्यमिक बिद्यालय र हिमालय आधारभुत बिद्यालय तृतिय भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology