Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओलीको मुखमा मात्रै समृद्धि,सरकारले तीन वर्षमा एउटा ढुंगा पनि उठाएन : महामन्त्री कोइराला

ओलीको मुखमा मात्रै समृद्धि,सरकारले तीन वर्षमा एउटा ढुंगा पनि उठाएन : महामन्त्री कोइराला

  • 2.9K
    SHARES

  • ओलीको मुखमा मात्रै समृद्धि,सरकारले तीन वर्षमा एउटा ढुंगा पनि उठाएन : महामन्त्री कोइराला

    बुटवल,पुस १४ । 

    नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्षमा एउटा ढुंगा पनि नउठाएको आरोप लगाएका छन्।

    ‘ओलीजीको दुई तिहाइको सरकारले एउटा ढुंगा पनि उठाएन,’ नवलपुरमा आयोजित कार्यक्रममा उनले भने, ‘भाषणमा समृद्धिको कुरा गर्छन् खोइ त काम ओलीको दुई तिहाइको सरकारले एउटा ढुंगा पनि उठाएन, मुखमा मात्रै समृद्धि ?’

    भाषणमा समृद्धिका कुरा गर्ने सरकारले विकास निर्माणका काम भने नगरेको आरोप कोइरालाको छ। उनले ओली सरकारले अस्पतालहरू निर्माण नगरेको पनि बताएका छन्। कोरोनाका बेला मास्क खरिदमा समेत भ्रष्टाचार भएको र कारवाही नभएको उनको भनाइ छ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नै भंग गरेर संविधानमाथि कुठाराघात गरेको कोइरालाले बताए।‘संविधानमाथि कुठाराघात भएको छ। संसद भंग हुनु असंवैधानिक र अलोकतान्त्रिक हो,’ उनले भने, ‘त्यसैले हामीले विरोध गर्नुपर्‍यो।’

    उनले पर्यटन, जलविद्युत् र कृषिमा लगानी गर्नुपर्ने पनि उनले बताएका छन्।  उनले भविष्यमा चुनाव भएका बेला कांग्रेसलाई जिताउन पनि आग्रह गरेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology