बुटवल,चैत्र २९ ।
स्कलर्स होम ईगलिस बोर्डिङ स्कुल तथा एम्स कलेजमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको छ ।
विद्यालयको कक्षा ११ का विद्यार्थीहरुको सयोजनमा भएको कार्यक्रमको राष्ट्रिय परिक्षा बोर्ड प्रदेश ब्यवस्था कार्यालय लुम्बिनीका प्रमुख प्रशासकीय अधिकृत बाबुराम भण्डारीले उद्घाटन गर्दै रुपन्देहीको शिक्षा देशमै उत्कृष्ट रहेको बताए । ब्याचलरको शिक्षामा विद्यार्थीहरु विशेष योजना बनाएर लाग्नुपर्ने भन्दै उनले ब्यक्तित्व विकास, संस्कार, संस्कृतिमा समेत सिकाई उपलब्धि हुने गरि कलेजको छनौट गर्न सुझाव दिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले वर्तमान ग्लोबल भिलेजलाई उपयोगी ब्यवहारिक शिक्षा दिन विद्यालय सफल भएको बताए । हाल ब्यवस्थापन र विज्ञान दुई विषयमा अध्यापन गराउदै आएको विद्यालयबाट उत्कृष्ट नतिजाहरु ल्याउन सफल भएको उनले दाबी गरे ।
कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीहरुमा बिदाई कार्यक्रम एउटा संस्कारका रुपमा विकास भएको भन्दै तडकभडक बिना सरल रुपमा गर्न सुझाव दिए ।
कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख लोकराज भण्डारी, क्याम्पस प्रमुख दीपक ढकाल, प्लस टु संयाेजक टिएन पन्थी, सहायक प्राचार्य टिकाराम गौतम, ब्यवस्थापन संयाेजक रामु रोक्का ,लेखापाल नवराज बन्जाडे, बिद्द्यार्थीहरु सन्जिप नेपाली, दृष्टिना राना, सुसान्त गैरे, प्रभा ज्ञवालीले विद्यालयमा हुने हरेक कार्यक्रमहरु विद्यार्थीहरुमा भाईचारा विकास हुने भन्दै यस्ता कार्यक्रमलाई जोड दिनुपर्ने बताए ।
विद्यालयमा कक्षा ११ र १२ मा गरि ३०० जना विद्यार्थी अध्ययरत छन् ।विद्यार्थीले कविता, नृत्य, गायन प्रस्तुति दिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)