Logo बुधवार, श्रावण १३ गते २०८३
images

तिलोत्तमाको सार्वजनिक सुनुवाइ,जनताका काम प्राथमिकतामा

तिलोत्तमाको सार्वजनिक सुनुवाइ,जनताका काम प्राथमिकतामा

  • 1.2K
    SHARES

  • तिलोत्तमाको सार्वजनिक सुनुवाइ,जनताका काम प्राथमिकतामा

    बुटवल,चैत २९ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। नगरपालिका परिषरमा बिहिवार आयोजित सार्वजनिक सुनुवाइमा नगरपालिकाको सेवा प्रवाहको विषयमा स्थानीयले प्रश्न उठाएका छन।

    सुनुवाईमा मुख्य सडक मात्रै सिगारिएको तथा मनिग्राम भन्दा तल पनि सिंगारिनु पर्ने, मणिग्राम कान्छी बजार सडक छिटो सम्पन्न हुनुपर्ने, सार्वजनिक सम्पती अतिक्रमण रोकिनुपर्ने लगायतका गुनासा गरेका थिए।

    कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले तिलोत्तमा अन्तरास्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका रहेको बताउदै जनताका गुनासोहरुलाई आफुले सकारात्मक रुपमा लिएको बताउदै आगामी दिनमा गुनासो नआउनेगरि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे।

    उपप्रमुख जागेश्वरी देबि चौधरीले नगरले तालिम तथा अनुगमनका काम र न्यायिक समितिका कामहरु निरन्तर भईरहेको भन्दै आफ्नो क्षेत्रमा आएका गुनासाहरुलाई अर्को सुनुवाइ सम्म सम्बोधन गरिसक्ने गरि काम गर्ने बताईन।

    नगरपालिकामा प्रमुख प्रशासककिय अधिकृत नारायण अर्यालले नगरपालिकाको दोस्रो चौमासिक सम्मको आय ब्ययको अवस्था तथा सम्झौता र  काम शुरु भएका योजनाहरुको प्रगतिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरुको सम्बन्धित वडा अध्यक्षहरुले जवाफ समेत दिएका थिए।tilottama.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology