Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ड्रिम युनिक रूपन्देही सुपरलिग : न्यु होराइजन १६ रनले विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिग : न्यु होराइजन १६ रनले विजयी

  • 921
    SHARES

  • ड्रिम युनिक रूपन्देही सुपरलिग : न्यु होराइजन १६ रनले विजयी

    भैरहवा, चैत्र २९ ।

    भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा न्यु होराइजन क्रिकेट क्लबले जित निकाल्न सफल भएको छ । बिहीबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा न्यु होराइजनले मेलवर्न क्रिकेट क्लबलाई १६ रनले हराउँदै जित हात पारेको हो ।

    यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको न्य होराइजनले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय १४ रनको योगफल खडा गर्यो । उसका लागि १ सय ४३ बलको सामना गरेका अमर मिश्राले ६ चौकाको मद्दतमा ८९ रनको अर्धशतकीय पारी खेले । यस्तै, निश्चल ज्ञवालीले २९, महेश भरले २४, बाबुराम क्षेत्रीले २२ र प्रदीप शाहनीले १० रन जोडे । बलिङमा मेलवर्नका रमेश कुर्मी, विष्णु कटरिया, सागर गैरे र इकलाख अहम्मदले २–२ तथा रोशनलाल गुप्ताले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको मेलवर्न ४६ ओभर ५ बलमा १ सय ९८ रन जोड्दा आलआउट भयो र हार व्यहोर्यो । उसका लागि इकलाख अहम्मदले ६०, समीर अलीले ४१, अजय रसाइलीले २३, सागर गैरेले १२ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा न्यु होराइजनका सुमित पराजुलीले ४, अमर मिश्राले ३, प्रिन्स पालले २ तथा विपर्शन केसीले १ विकेट लिए । खेलमा होराइजनका अमर मिश्रा म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ पाए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology