Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमा जेसिजद्वारा नयाँ वर्षको शुभकामना तथा क्यालेण्डर विमोचन

तिलोत्तमा जेसिजद्वारा नयाँ वर्षको शुभकामना तथा क्यालेण्डर विमोचन

  • 1.6K
    SHARES

  • तिलोत्तमा जेसिजद्वारा नयाँ वर्षको शुभकामना तथा क्यालेण्डर विमोचन

    बुटवल,चैत २९ ।

    जेसीआई तिलोत्तमाले नया वर्षको स्वागतमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

    एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गणेश पाठकले क्यालेण्डर विमोचन गर्दै समाजमा युवाको नेतृत्वबाट परिवर्तन सम्भव रहेको कुरा जेसिसबाट प्रमाणित हुने गरि नमुना कार्यहरु भएको बताए । समाजमा रहेका विकृत्ती विसंगतीको चिरफार गर्दै असल नेतृत्व जन्माउन सफल भएको उनले बताए ।

    कार्यक्रमका तिलोत्तमा जेसीज बर्ष २०२४ का अध्यक्ष जेसी महेश शर्मा पौडेलले संस्थाको मुल मर्ममा रहेर सामाजिक रुपन्तरणसंगै व्यक्तित्व र नेतृत्व विकासमा आफुहरु लागेको बताए । समाजमा रहेको युवालाई उद्यमशिलतामा जोड्दै सामाजिक कार्यमा अग्रसर गराउदा सफलता मिलेको बताए ।

    कार्यक्रमा तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष सिनेटर बिनोद ढकालले संस्था स्थापनासंगै कार्यक्रमको प्रभावकारीता र निरन्तरताबाट समाज चिनिन बताए ।

    कार्यक्रमा तिलोत्तमा जेसीजका प्रमुख शाखा सल्लाहकार तथा नेपाल जेसीजका पुर्व कार्यकारीणी उपाध्यक्ष जेसी विनोद सुवेदी, पुर्व अध्यक्ष निशानबाबु कार्की, लोक प्रसाद भण्डारी, राजु बासुदेव शर्मा, विनित भट्टराई, निर्वतमान अध्यक्ष प्रकाश गौतमले विगतमा भएका राम्रा कामलाई निरन्तरता दिदै संस्थालाई क्रियाशिल गराउन सुझाव दिए ।jci tinapa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology