Logo बिहिवार, आश्विन १ गते २०८३
images

मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल रूपन्देहीद्वारा २६ औं स्थापना दिवसमा शुभकामना आदानप्रदान

मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल रूपन्देहीद्वारा २६ औं स्थापना दिवसमा शुभकामना आदानप्रदान

  • 2.5K
    SHARES

  • मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल रूपन्देहीद्वारा २६ औं स्थापना दिवसमा शुभकामना आदानप्रदान

    बुटवल,चैत्र २८ ।

    मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालले २६ औं स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

    बुटवलमा एक कार्यक्रम गरेर मोर्चाले दिवस मनाएको हो ।जिल्ला अध्यक्ष दानबहादुर घर्ति मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले मोर्चाले इतिहास भुल्न नहुने बताउनुभयो । पार्टी भित्र १२ टुक्रा रहदा कम्युनिस्ट आन्दोलन कमजोर भएको भन्दै अब थप मोर्चा गतिशील बनाउनुपर्ने बताउनुभयो ।

    बिस २०५४ चैत २८ मा स्थापना भएको मगर राष्ट्रिय मुक्तिमोर्चा नेपालले यश प्रदेशलाइ मगरात थारवान प्रदेश बनाउनुपर्ने बताए । केन्द्रीय सचिव मनोज रानाले देशभर मगरहरूको २६ लाख तथ्यांक रहेको बताउनुभयो ।

    आदिवासी जनजाति संयुक्त मोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज धनबहादुर गुरूङ अभियानलाई नया ढंगबाट अगाडि बढाउनुपर्ने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology