Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यातायात मजदूर तथा व्यवसायी भलाई कोषले बैशाख १ देखि ३ गतेसम्म स्वर्ण महोत्सव मनाउने

यातायात मजदूर तथा व्यवसायी भलाई कोषले बैशाख १ देखि ३ गतेसम्म स्वर्ण महोत्सव मनाउने

  • 1.5K
    SHARES

  • यातायात मजदूर तथा व्यवसायी भलाई कोषले बैशाख १ देखि ३ गतेसम्म स्वर्ण महोत्सव मनाउने

    बुटवल,चैत्र २७ ।

    यातायात मजदुरहरुको संरक्षण र हितका लागि स्थापना भएको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ।

    सार्वजनिक सवारी साधनका चालकहरु मिलेर २०३१ सालमा स्थापना गरेको यातायात मजदुर तथा ब्यवसायी भलाई कोषले ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउन लागेको हो।कोषले नया बर्ष २०८१ को प्रारम्भ संगै बैशाख १ देखि ३ गतेसम्म स्वर्ण महोत्सव मनाउने तयारी गरेको आज आयोजित पत्रकार सम्मलेनमा कोषका अध्यक्ष दिनेश फुल्लेलले बताए।

    कोषमा राजेन्द्र बहादुर सिंह श्रेष्ठ, यम केसी, दामोदर ज्ञवाली, डिल बहादुर, थापा कुमार थापा, चिन बहादुर गुरुङ, नारायण प्रसाद भटराई लगायत हुदै पछिल्लो समय दिनेश फुल्लेलले नेतृत्व गरेका छन्।कोषका अध्यक्ष फुल्लेलका अनुसार सुदुरपश्चिम बाहेकका ६ प्रदेशका २६ स्थानमा साखा स्थापना गरि मजदुरका समस्याबारे सहजीकरण गरेको छ। हाल कोषमा ३ हजार हाराहारी यातायात मजदुरहरु आवद्ध छन्।

    तिनदिन सम्म मनाईने स्वर्ण महोत्सवको अवसरमा संस्थाले रक्तदान, चालक परिचालक र सहचालकहरुको स्वास्थ्य चेकजांच सहितका विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने अध्यक्ष फुल्लेलले बताए।

    भलाई कोषको स्वर्ण महोत्सवकै अवसर पारेर ५ लाख रुपियांको गरीव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्न लागेको अध्यक्ष फुल्लेलले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology