Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा सहितको वाटीका शिलान्यास

बुटवलमा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा सहितको वाटीका शिलान्यास

  • 1.1K
    SHARES

  • बुटवलमा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा सहितको वाटीका शिलान्यास

    बुटवल,चैत्र २७ ।

    बुटवलमा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा सहितको वाटीकाको शिलान्यास गरिएको छ । नेवाः पुचः ( नेवा  समाज विकास परिषद) ले बुटवल फूलबारीमा बाटीका बनाउने भएको हो । २५औ वार्षिकोत्सबका अवसरमा मणिमुकुन्द उद्यानमा आज एक समारोहका बिचमा बाटीकाको बुटवल  उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले  शिलान्यास गरे ।

    पहिलो चरणमा ११ लाख लागतमा साँख्वाको प्रतिमा सहितको वाटीका बन्ने र त्यसको गुरुयोजना अनुसार अघि बढ्ने अध्यक्ष काजिमान श्रेष्ठले बताए ।newaa.jpg

    बि.सं.२०५६चैत्र २७ गते जिल्ला प्रशासन कार्यालय रूपन्देही मा दर्ता भएको नेवाः पुचःले  समाज कल्याण परिषद काठमाडौंबाट २०५७ साल बैशाख ७ गते आबद्धता प्रमाणपत्र प्राप्त गरेको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवलमा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा सहितको वाटीकाको बनेपछि पर्यटन क्षेत्रमा अझै बृद्धि हुने बताए ।

    सो अबसरमा मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपाल,नेवा पुचका सचिव लक्ष्मी श्रेष्ठ लगायतले बोलेका थिए ।p.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology