Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकार महासंघलाइ सदस्यता शुद्धिकरण टुङ्ग्याएर मात्रै साधारणसभा/अधिवेशन गर्न युनियनको आग्रह

पत्रकार महासंघलाइ सदस्यता शुद्धिकरण टुङ्ग्याएर मात्रै साधारणसभा/अधिवेशन गर्न युनियनको आग्रह

  • 1.6K
    SHARES

  • पत्रकार महासंघलाइ सदस्यता शुद्धिकरण टुङ्ग्याएर मात्रै साधारणसभा/अधिवेशन गर्न युनियनको आग्रह

    बुटवल,चैत्र २७ ।

    नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणको विषय टुङ्ग्याएर मात्रै साधारण सभा र अधिवेशन गर्न नेपाल प्रेस युनियनले माग गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार महासंघ रुपन्देहीमा ध्यानाकर्षण पत्र बुझाउदै सदस्यताको बिषय टुंगो नलागी अधिवेसन घोषणा गरेकोमा विरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

    युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालसहितको टोलीले महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउदै यथास्थितिमा साधारण सभा/अधिवेशन गरिए युनियनले जस्तोसुकै कदम चाल्न तयार रहेको बताउनु भयो । महासंघले थालेको सदस्यता शुद्धिकरणमा युनियनले साथ दिईरहेको बताउदै सदस्यता शुद्धिकरणका लागि परेका हजारौं उजुरीलाई पाखा लगाएर साधारण सभा र अधिवेशनसंग सम्बन्धित कुनैपनि गतिविधि नगर्न आग्रह गरिएको छ ।

    यो घटनाले पत्रकारहरुबीच तनाब सिर्जना हुने, महासंघको गरिमा घट्ने र विश्वास टुट्ने समेत युनियनले चेतावनी दिएको छ । पुराना सदस्य राखेर महाधिवेसन गर्ने महासंघको कल्पना कोरा हुने युनियनले ठहर गरेको छ । जसलाई कारवाही गरेर हटाइएको छ उनीहरु राखेर गरिने साधारणसभा कसरी संभव छ भन्ने प्रश्न उठाइएको छ । शुद्दिकरणको नाममा हटाइएका सदस्यहरुको बहुमत हुने अधिवेसनले कुनै निर्णय गरेमा त्यसको भागिदार महासंघ बन्नुपर्ने चेतावनी दिइएको छ ।प्रेस विज्ञप्ती जारी गरी जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेको प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको युनियन रुपन्देहीका अध्यक्ष नेपालले बताउनु भयो ।

    नेपाल पत्रकार महासंघले प्रेस युनियनको माग विपरित साधारण सभा तथा अधिवेशनको कुनै पनि प्रक्रिया अगाडी बढाएमा सोबाट उत्पन्न हुन सक्ने परिस्थितिको जवाफदेही स्वयं नेपाल पत्रकार महासंघ नै हुने सचिव कपिल ज्ञवालीले बताउनु भयो । ध्यानाकर्षण पत्र बुझ्दै महासंघ रुपन्देहीका अध्यक्ष राममराज पोख्रेललले शुद्धिकरणको बिषयमा नटुंगाइ अरु प्रकृया अघि बढ्न नहुने पक्षमा आफुपनि रहेको बताउनु भयो । 

    उहाले युनियनले उठाएको मुद्धा जिल्लामा भन्दा पनि केन्द्रसंग सम्बन्धित रहेकाले हुवहु केन्द्रमा पठाउने जानकारी गराउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology