बुटवल चैत्र २५ ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्य मन्त्री जोखबहादुर महराले शपथ लिएका छन् । शनिबार नियुक्त भएका महराले आइतबार प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
माओवादी केन्द्रका महरा सत्ता साझेदार दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । शपथ लिएलगत्तै महराले मन्त्रिमण्डल बिस्तार गरेका छन् । विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट दीपेन्द्र पुन, एमालेबाट चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिर विना विभागीय मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूलाई पनि आइतबारै प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)