बुटवल,चैत्र २४ ।
बुटवल टेक्निकल इन्स्टिच्यूट (बिटिआइ)को ब्राण्डलाइ अझै बलियो बनाउँदै दीर्घकालिन योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिइएको छ । संस्थाको शनिबार बुटवलमा सम्पन्न तेह्रौं वार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले बुटवलको इतिहासदेखि र बिकसित अवस्थाको आधुनिक बुटवलसम्म महत्वपूर्ण भूमिकासहित जोडिएको बिटिआइलाइ सामुहिक प्रयन्तबाट दीर्घकालीन र बलियो ढंगले संचालन गर्नुपर्ने धारणा राखे । बिटिआइको ब्राण्डलाइ बचाएर अघि बढ्नुपर्ने भन्दै उनीहरुले समय सान्दर्भिक र ब्यवहारिक शिक्षालाइ जोड दिनुपर्ने बताएका थिए ।
सो अबसरमा बोल्दै बिटिआइका संचालक समिति अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वदेशी तथा विदेशी विश्वविद्यालयहरुसंग सहकार्य गरेर ब्याचलर अफ इन्जिनियरिङ (बिई)का कोर्षहरु सञ्चालन गर्ने गरी काम अगाडी बढाइने बताउनुभयो ।उहाले यसको विकल्पको रुपमा बि.टि.आई.लाई बुटवल उपमहानगरपालिका मातहतको शैक्षिक संस्थाका रुपमा पीपीपी मोडेलमा सञ्चालन गर्ने विषयमा समेत आवश्यक छलफल अगाडि बढाईने उल्लेख गर्नुभयो ।
पाण्डेयले बि.सं.२०२०मा स्थापित बुटवल टेक्निकल इन्स्टिच्यूटले स्थापनाकालदेखि भोग चलन गर्दै आएको र २०३५ सालमा नेपाल सरकार बन मन्त्रालयसंग सम्झौता भएको स्मरण गर्नुभयो । उहाँले सोहि सम्झौता अनुसार हालसम्म बि.टि.आई. को अधिनको बुटवल ४ मा रहेको ६ बिघा क्षेत्रफलको जग्गा बुटवल उपमहानगरपालिकाको नापी शाखाको प्राविधिक सहयोगमा नाप जाँच गरी बि.टि.आई.को नाममा दर्ताको लागि आवश्यक पहल गरिने बताउनुभयो ।
कर्मचारीहरुलाई स्थाई रुपमा प्रकृयामा लैजान हाल करार सेवामा रहेका र स्थाई रुपमा पदपूर्ति गर्नुपरेमा संस्थाको आबश्यकता र औचित्यताको आधारमा ओएण्ड एम सर्वे गरेर दरवन्दी खडा गरी लोक सेवा आयोगसंगको परामर्शमा भर्ना गर्न सकिने बताउनुभयो ।
साधारणसभामा सो अवसरमा नेपाल सरकार अर्थ मन्त्रालयका प्रतिनिधि कमल सुवेदी, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल,आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख ध्रुव पोख्रेल,औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका प्रशासन प्रवन्धक विश्व नाथ घिमिरे,बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका निवर्तमान अध्यक्ष उज्ववल कसजु, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, सञ्चालक समिति सल्लाहकार सुरेन्द्र श्रेष्ठ, कुसुम राज ज्ञवाली, कानुनी सल्लाहकार अधिवक्ता बाबुराम पाण्डे, कार्यकारी निर्देशक ई. अभिमन्यु भीमार्जुन पन्थी,कम्पनी सचिव गोबिन्द न्यौपाने, ,रुपन्देही उद्योग संघका विशाल बेलबासे,प्रेस सल्लाहकार कपिल ज्ञवाली लगायतले बोल्दै संस्थाको इतिहास र गरिमा बचाउँदै समय सापेक्ष अघि बढ्नुपर्ने बताउनुभयो । बिद्यार्थी अभावलाइ परिपूर्ति गर्नका लागि सबैले सामुहिक पहल गर्नुपर्ने उहाँहरुको भनाइ छ ।
सो अबसरमा अध्यक्ष पाण्डेद्वारा प्रस्तुत आव २०७९-०८० को बार्षिक प्रतिबेदन,कम्पनी सचिब गोबिन्द न्यौपानेद्वारा प्रस्तुत बार्षक आर्थिक प्रतिबेदन पास गरिएको छ । साधारणसभाले बि.टि.आई.बाट व्यवसायिक रुपमा दिइदै आएको इलक्ट्रीकल,मेकानिकल,वेल्डीङ र सिभिल सम्बन्धि तालिमहरुलाई निरन्तरता दिन आग्रह गर्ने ,संस्थालाइ सशक्त, बलियो र आत्मनिर्भर बनाउनको लागि बुटवल र आसपासमा रहेका विभिन्न संघ संस्थाहरु मार्फत सञ्चालन हुने छोटो अवधि र लामो अवधिका तालिम कार्यक्रमहरु बि.टि.आई.मा सञ्चालन गर्नका लागि पत्राचार र आवश्यक पहल गर्ने लगायतका बिभिन्न १७ वटा प्रस्तावहरु पास गरेको कार्यकारी निर्देशक ई. अभिमन्यु भीमार्जुन पन्थीले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)