Logo बिहिवार, आश्विन १ गते २०८३
images

समाजको अग्रगामी रूपान्तरणका लागि सञ्चारमाध्यमको अग्रणी भूमिका : मन्त्री रेखा शर्मा

समाजको अग्रगामी रूपान्तरणका लागि सञ्चारमाध्यमको अग्रणी भूमिका : मन्त्री रेखा शर्मा

  • 1.1K
    SHARES

  • समाजको अग्रगामी रूपान्तरणका लागि सञ्चारमाध्यमको अग्रणी भूमिका :  मन्त्री रेखा शर्मा

    पाल्पा,चैत २३ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली समाजको अग्रगामी रूपान्तरणका लागि स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका रहेको बताउनुभएको छ । 

    पाल्पास्थित सामुदायिक रेडियो मदनपोखरा पाल्पाको रजत महोत्सवमा शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँले स्थानीय समुदायको सचेतनामा स्थानीय सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

    राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका सञ्चारमाध्यम् समग्रतामा केन्द्रित रहने भए पनि स्थानीय सञ्चारमाध्यमको समाज रुपान्तरणमा बढी भूमिका रहने मन्त्री शर्माले बताउनुभयो । यसलाई थप समुदायको सहयोगमा सबल बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । 

    मन्त्री शर्माले सेवा र सचेतनालाई मूल अभिष्ट बनाएर गरिने ग्रामीण पत्रकारिताले गाउँमा बस्ने नागरिकको बोली बोल्ने, विकासमा पछाडि पारिएका, आफ्ना दुःखपीडा व्यक्त गर्न नसक्ने आम नागरिकलाई सुसूचित गर्न सकेकोमा प्रशंसा गर्नुभयो । 

    सञ्चारमाध्यमको सबलीकरण तथा पत्रकारको भौतिक र पेशागत सुरक्षाका लागि तीनै तहका सरकार गम्भीर र प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो । संविधान बनेको लामो समयसम्म पनि आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने सङ्घीय कानुन नबन्दा केही अन्योल पनि देखिएको उल्लेख गर्नुहुँदै उहाँले यसलाई चिर्दै जतिसक्यो चाँडो आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउने गृहकार्यमा सरकार रहेको जानकारी दिनुभयो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आमसञ्चार क्षेत्रको छाता कानुनको रुपमा आमसञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्मा लैजाने जानकारी मन्त्री शर्माले गराउनुभयो । आमसञ्चार ऐन पारित भएपछि सङ्घीयताको मर्मअनुरुप आमसञ्चार क्षेत्रको पुनःसंरचना हुने उहाँले बताउनुभयो । 

    विज्ञापन क्षेत्रमा देखिएको बेथिति कम गर्न विज्ञापन नियमावली संशोधन गरेर सङ्घीय सरकार मातहतका विज्ञापन व्यवस्थित गर्ने काम गरिएको मन्त्री शर्माले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको शर्माले बताउनभयो । 

    कार्यक्रममा प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले सामुदायिक सञ्चारमाध्यमको विकास र संरक्षणमा सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । यस्तै, अर्का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले लोकतन्त्र रक्षाका लागि सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

    राष्ट्रिय सभाका सदस्य राजेन्द्रलक्ष्मी गैरे, प्रदेशसभाका सदस्य खेमबहादुर सारुलगायतले शुभकामना दिनुभयो । रेडियोका प्रवन्ध निर्देशक गुणाकर अर्यालले रेडियोको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology