Logo बिहिवार, आश्विन १ गते २०८३
images

धनगढीले जित्यो खड्गप्रसाद गौचन स्मृति यु-१९ क्रिकेटको उपाधि

धनगढीले जित्यो खड्गप्रसाद गौचन स्मृति यु-१९ क्रिकेटको उपाधि

  • 1.3K
    SHARES

  • धनगढीले जित्यो खड्गप्रसाद गौचन स्मृति यु-१९ क्रिकेटको उपाधि

    बुटवल,चैत २१ ।

    क्रिकेटर शक्ति गौचनले आफ्ना पिताको स्मृतिमा आयोजना गरेको छैठौं खड्गप्रसाद गौचन स्मृति यु-१९ क्रिकेटको उपाधि धनगढीले जितेको छ ।तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा पल्सर सिईसी काठमाडौंलाई १२ रनले पराजित गर्दै धनगढीले उपाधि हात पारेको हो ।

    खेलमा टस जितेर धनगढीले ३२।५ ओभरमा १५० रनको लक्ष्य दिएको थियो । धनगढीका अशोक धामीले ५०, सुभाष सिंहले २५ रनको योगदान दिए । सिईसीका दयानन्द मण्डलले ३, करण घर्ती मगर र स्मिथ बुढाले २र२ विकेट लिएका थिए ।खेलमा सिईसी ३५ ओभरमा १३८ रनमा समेटिएको थियो । सिईसीका सुरेश बुढाले ४१ रन, स्मिथ बुढाले ४० रनको योगदान दिए । धनगढीका निशान्त रेग्मीले ४ तथा सुर्य श्रेष्ठले २ विकेट लिए ।खेलमा धनगढीका निशान्त रेग्मी प्लेर अफ दी म्याच बने ।उपाधि विजेता धनगढीले नगद ५० हजार रुपैयाँ पाएको छ । उपविजेता सिईसीले नगद २५ हजार पाएको छ ।

    प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका विजय प्रजापति उत्कृष्ट ब्याट्सम्यान, सिईसीका दयानन्द मण्डल उत्कृष्ट बलर घोषित हुँदै नगद ४ हजार तथा सिईसिका समिर बिष्ट प्लेर अफ दी सिरिज घोषित हुँदै नगद ७ हजार रुपैयाँ पुरस्कार पाए ।प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट ८ टिमको सहभागिता थियो ।

    प्रतियोगिता समापनका अवसरमा क्रिकेट प्रशिक्षक जंगबहादुर थापालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । थापाले २५ वर्ष देखि रुपन्देहीमा रहेर क्रिकेट खेलाडी उत्पादनमा योगदान दिंदै आएका छन् ।कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले आफ्नो बुबाको स्मृतिमा आयोजना हुँदै आएको प्रतियोगिताको छैठौं संस्करण थप उपलब्धिमूलक बनेको र युवा खेलाडीलाई प्लेटफर्म दिने आफ्नो लक्ष्यमा सफलता मिलेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology