बुटवल, पुस १३ ।
पिक अप बोलेरोको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।प्यूठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ५ का ३७ बर्षीय गोकर्ण बुढाथोकीको मृत्यु भएको छ ।
पैदल हिडिरहेका बुढाथोकीलाई आइतवार बेलुका ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका वडा नं. ५ नर्तीमा लु २ च ५६६४ नम्बरको पिक अप बोलेरोले ठक्कर दिएको थियो ।
उनको उपचारका क्रममा आइतबार बेलुका साढे ७ बजेतिर लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)