Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थ गौतम बुद्ध क्याम्पस कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाइ विदाइ

सिद्धार्थ गौतम बुद्ध क्याम्पस कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाइ विदाइ

  • 2.2K
    SHARES

  • सिद्धार्थ गौतम बुद्ध क्याम्पस कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाइ विदाइ

    बुटवल,चैत्र २० ।

    प्रतिष्ठित सामुदायिक शिक्षण संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा कक्षा १२ मा अध्यनरत विद्यार्थीलाई बिदाइ गरिएको छ ।कक्षा ११ मा अध्यनरत बिद्यार्थीले उनीहरूलाइ  आज एक कार्यक्रमको आयोजना गरि विदाइ एवं शुभकामना व्यक्त गरेका हुन् ।

    कक्षा ११ मा अध्यनरत छात्र हिमाल महराको अध्यक्षता आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै क्याम्पस प्रमुख कृष्ण प्रसाद शर्माले कक्षा १२ का विद्यार्थीहरुलाई उज्ज्वल शैक्षिक भबिस्यको शुभकामना दिनुहुँदै क्याम्पसमा संचालित उच्च तहका अन्य शैक्षिक कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई आगामी दिनमा समेत स्वागत गर्न आतुर रहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा विशिस्ट अतिथिहरु निवर्तमान क्याम्पस प्रमुख बिष्णु प्रसाद राना एवं सहायक क्याम्पस प्रमुखद्वय श्री कृष्ण प्रसाद खनाल र श्री रामनाथ उपाध्यायले कक्षा १२ का विद्यार्थीहरुको शैक्षिक भविष्यको शुभकामना दिनुहुँदै कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुले पनि आफू भन्दा सिनियर विद्यार्थीहरुको सकारात्मक कार्यको अनुसरण गर्दै सफलता उन्मुख हुनुपर्ने बताउनुभयो ।

    ४५० जना विद्यार्थी, २५ जना प्राध्यापक र १५ जना कर्मचारीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई अबिर खादा र मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएको थियो ।

    क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले गायन, कमेडि र एकल र सामुहिक नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थितलाई अरुण कार्की र बिनिता घर्तीमगरले स्वागत गरेका थिए । भने संचालन  गणेश हिताङ्गे र सपना खडकाले गरेका थिए ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology