Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल प्रहरी श्रीमती संघद्वारा बुटवल १२ नयाँगाउँमा नि:शुल्क स्वास्थ्य शिविर

नेपाल प्रहरी श्रीमती संघद्वारा बुटवल १२ नयाँगाउँमा नि:शुल्क स्वास्थ्य शिविर

  • 2.7K
    SHARES

  • नेपाल प्रहरी श्रीमती संघद्वारा बुटवल १२ नयाँगाउँमा नि:शुल्क स्वास्थ्य शिविर

    बुटवल,चैत्र २० ।

    नेपाल प्रहरी श्रीमती संघले बुटवलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मंगलबार बुटवल १२ मुक्तिनाथ धाममा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना, इलाका प्रहरी कार्यालय बुटवलको सहकार्य र तिनाउ इन्टरनेशल हस्पिटलको प्राविधिक सहयोग स्वास्थ्य शिविर भएको हो ।

    कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले स्वास्थ्य शिविरबाट विभिन्न स्वास्थ्य सम्बन्धि समस्या पहिचान भई स्वास्थ्य उपचार प्राप्त थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

    यस्तै इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख डिएसपी विजयराज पण्डितले मानिसको सबै भन्दा ठूलो धन स्वास्थ्य भएकाले आफ्नो स्वास्थ्यमा सबैले विशेष ध्यान दिनु पर्ने बताए ।SIBIR.jpg

    मुक्तिनाथ धामका अध्यक्ष बाबुराम महतले नेपाल प्रहरी श्रीमति संघले मुक्तिनाथ धाममा स्वास्थ्य शिविरको आयोजना गरेकोमा धन्यवाद दिएका थिए ।

    कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले निस्वार्थ रूपमा सेवा दिन र स्वास्थ्य शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विशेषज्ञ चिकित्सक तथा प्राविधिकलाई प्रशंसापत्र प्रदान गरेकी थिइन् ।

    शिविरको तिनाउ इन्टरनेशल हस्पिटलका डा.योग्रेन्द्र अग्रहरीको नेतृत्व भएको थियो भने शिविरमा सयौँ जनाले स्वास्थ्य चेकचाँच गरेको नेपाल प्रहरी श्रीमती संघकी लुम्बिनी अध्यक्ष निलम बस्नेत कठ्यातले बताइन् ।कार्यक्रममा नारी जागृती समुहकी अध्यक्ष बिष्णु बाेहाेरा ,तिनाउ इन्टरनेशल हस्पिटलका अध्यक्ष चिरञ्जीबी जाेशी लगायतले बाेलेका थिए ।  HEALTH A.jpg

    MED.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology