Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पश्चिम नेपाल बस व्यवसायीमा पाँचाैपटक अध्यक्ष बने खरेल,प्यानलै विजयी (सूचीसहित)

पश्चिम नेपाल बस व्यवसायीमा पाँचाैपटक अध्यक्ष बने खरेल,प्यानलै विजयी (सूचीसहित)

  • 2.5K
    SHARES

  • पश्चिम नेपाल बस व्यवसायीमा पाँचाैपटक अध्यक्ष बने खरेल,प्यानलै विजयी (सूचीसहित)

    बुटवल,चैत्र १८ ।

    पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को सम्पन्न अधिवेशनबाट दधिराम खरेल नेतृत्वको प्यानलै विजयी भएको छ । खरेल यसअघि  समिति हुँदा ३ पटक र प्रा.लिमा गएपछि दोस्रोपटक अध्यक्ष चुनिएका हुन् । प्रा.लि.को दोस्रो अधिवेशनमा आगामी ४ वर्षको नेतृत्वका अध्यक्षका उम्मेद्वार खरेलले १ हजार ४३६ मतसहित विजयी भएका हुन् ।dashi kharel.jfif

    यसैगरी सञ्चालक समितिको सदस्यहरुमा खरेल प्यानलकै रामचन्द्र खड्काले १२८३, जितेन्द्र खत्री १३३१, नारायण प्रसाद भण्डारी १ हजार २५१, नारायण प्रसाद घिमिरे १२६३, गोपाल बहादुर पौडेल १३८६, चेत नारायण बेल्वासे (गोली नारायण) १३२६, रामचन्द्र भुसाल १४६७, सुरेन्द्र श्रेष्ठ १३८४, मोहन पिएस १४४० र जीवन कुमार बन्जाडे १३४७ मतसहित विजयी भएका हुन् ।बुटवल उपमहानगर वडा नम्बर ७ का अध्यक्ष समेत रहेका पदम बहादुर गाहाको प्यानल पराजित भएको हो ।paschim nepal bus.png

    उनले ६५९ मत प्राप्त गरेका थिए ।समितिको रुट संयोजकतर्फ पनि खरेल प्यानलकै उम्मेदवार विजयी भएका छन् । रुट नम्बर १ मा जीवन रेग्मी, २ मा विधानराज श्रेष्ठ, ३ मा बिजय कुमार तिवारी, ८ मा सागर पिएस र १६ मा लिलाधर खनाल निर्विरोध भएका थिए ।bus samittee.jpg

    रुट नम्बर ४ मा थमन बहादुर बस्नेत (कपिल) २५ मतसहित विजयी भए भो रुट नम्बर ५ मा कमल बहादुर क्षेत्री ४८ मत, रुट नम्बर ६ मा रामभगत चौधरी ७२ मत, ७ मा शंकर ज्ञवाली (प्रकाश) ७०, ९ मा हिमाल श्रेष्ठ १०० मत,  १० मा युवराज नेपाल ७०, ११ मा सुर्यप्रकाश ढुङगाना ६४ मत, रुटनम्बर १२ मा मन बहादुर पौडेल १०० मत, रुट १३ मा टेकराज भट्टराई (रामु) ८१ मत, १४ मा डोरनाथ ढकाल ८० मत र १५ मा प्रकाश बन्जाडे १४१ मतसहित विजयी भएको निर्वाचन समिति संयोजक रामराज पोखरेलले नागरिक अनलाइनलाइ जानकारी दिए ।bus result.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology