Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अधिका‌ंश‌ मिडियामा लैंगिक नीति नहुँदा पत्रकार महिलाहरु थप समस्यामा

अधिका‌ंश‌ मिडियामा लैंगिक नीति नहुँदा पत्रकार महिलाहरु थप समस्यामा

  • 2.7K
    SHARES

  • अधिका‌ंश‌ मिडियामा लैंगिक नीति नहुँदा पत्रकार महिलाहरु थप समस्यामा

    बुटवल,पुस १२- 

    मिडियामा लैंगिक नीति नभएका कारण पत्रकार महिलाहरु मिडियामा टिक्न नसकेको बुटवलमा आयोजित एक कार्यक्रमका सहभागीहरुले औंल्याएका छन् ।

    नगन्य संख्यामा मिडियाले लैंगिक नीति बनाएपनि अधिकांश मिडियाले भने नीति बनाउन नसकेको उनीहरुले बताए । संचारिका समुह लुम्बिनी आईतबार बुटवलमा आयोजना गरेको कोभिड १९ र पत्रकार महिलाको अवस्था विषयक अन्तरकृया कार्यक्रमका सहभागिहरुले उक्त कुरा बताएका हुन् ।

    सहभागिहरुले कोरोना महामारीका कारण पुरुष पत्रकारहरुको पेशालाई पनि प्रभाव पारेपनि पुरुषको तुलनामा प्रभावित हुने महिलाहरुको संख्या धेरै रहेको बताए ।

    सहभागिहरुले पत्रकार सम्बद्ध संघसंस्थाहरुले फेलोसिपका कार्यक्रम ल्याउने र पत्रकारहरु पनि सिर्जनशील बन्न सके पेशामा टिकीरहन सकिने भन्दै सिर्जनशील र मेहनती बन्न पत्रकारहरुलाई सुझाव दिए ।

    पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केशीले कोरोना महामारीको समयमा मात्र नभई हरेक समयमा पत्रकारहरु सिर्जनशिल र अध्ययनशिल बन्न जरुरी रहेको बताउनुभयो । पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले कोभिडको समयमा मात्र नभई हरेक अप्ठ्यारो समयमा पत्रकार महासंघ पत्रकारहरुको साथमा रहेको बताउनुभयो ।

    अग्रज पत्रकार ईन्दिरा अर्यालले पत्रकारिता गर्दा गरेको शिप र दक्षतालाई मिडियामा मात्र नभई खोज अनुसन्धान, तथा लेखन कार्यमा लगाउन आग्रह गर्नुभयो ।

    संचारिका समुहका अध्यक्ष निरु गौतमको अध्यक्षता तथा अस्मिना पाण्डेको संचालनमा सम्पन्न भएको कार्यक्रममा संचारिका समुहका प्रदेश महासचिव अमृता अनमोल, प्रेस युनियन रुपन्देहीका सभापती रेखा भुसाल, क्रियाशिल पत्रकार महिला डब्लुडब्लु जेका अध्यक्ष कल्पना तिवारी, पत्रकार लक्ष्मण पोखरेल, एनबि कंडेल, कमला पाण्डे, पुजा पन्थी लगायतले भनाई राख्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology