बुटवल,चैत्र १७ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको अन्तरवडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर ८ ले चुमेको छ । वडा नम्बर १० र ८ का बीच भएको फाईनल प्रतिष्प्रर्धामा वडा नम्बर ८ ले २ एककोे सेटमा उपाधी रक्षा गरेको हो ।
गत वर्ष पनि वडा नम्बर ८ नै विजेता भएको थियो । गत वर्ष पनि वडा नम्बर १० नै उपविजेतामा चित बुझाएकोृ थियो । वडा नम्बर २ तेस्रो स्थानमा सुरक्षित भएको छ । उपाधी रक्षासंगै वडा नम्बर ८ ले ५० हजार ,उपविजेताले ३० हजार तेस्रो हुनेले १० हजार नगद मेडल शिल्ड पुरस्कार प्राप्त गरेका छन ।
विजेता उपविजेता र तेस्रो हुनेलाई तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी देवि चौधरी र नगर खेलकुद विकास संयोजक लोक पुनले पुरस्कार शिल्ड प्रमाणपत्र र मेडल प्रदान गर्नु भएको हो । प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १७ वडा मध्ये १३ वटा वडाको सहभागिता रहेको थियोे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)