Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पामा वर्षासंगैको हावाहुरीले रुख पल्टाउँदा गुडिरहेको स्कुटरमा सवार युवकको मृत्यु,एक घाइते

पाल्पामा वर्षासंगैको हावाहुरीले रुख पल्टाउँदा गुडिरहेको स्कुटरमा सवार युवकको मृत्यु,एक घाइते

  • 9.6K
    SHARES

  • पाल्पामा वर्षासंगैको हावाहुरीले रुख पल्टाउँदा गुडिरहेको स्कुटरमा सवार युवकको मृत्यु,एक घाइते

    बुटवल,चैत्र १७ ।

    पाल्पामा हावाहुरीले रुख पल्टाउँदा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । डुम्रे नजिकै जरे पिपलमा बाटोमा सल्लाको रुख पल्टेर लाग्दा स्कुटर चालक पाल्पा कैलाशनगरका २० बर्षिय भुवन सिंजालीको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शी बुटवलका ब्यवसायी दिनेश श्रेष्ठले नागरिक अनलाइनलाइ जानकारी दिए । 

    सल्लाको रुख पल्टेर च्याप्दा सिंजालीको घटनास्थलमै ज्यान गएको हाे । लु ८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ आउँदै थिए । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर  र एकमाेटरसाइकल पनि पल्टिएको छ ।

    पानीसहित आएको हावाहुरीले रुख पल्टाएका  कारण अहिले पाल्पा-बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ  । स्कुटरमा सवार अर्का एक जना सामान्य घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।sadak bato.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology