Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘संविधानमा उल्लेख दलित अधिकार कार्यान्वयन प्रभावकारी भएन’

‘संविधानमा उल्लेख दलित अधिकार कार्यान्वयन प्रभावकारी भएन’

  • 1.1K
    SHARES

  • ‘संविधानमा उल्लेख दलित अधिकार कार्यान्वयन प्रभावकारी भएन’

    बुटवल, चैत १७ ।

    संविधानमा दलित अधिकार स्थापिन भएपनि कार्यान्वयन तहमा जान नसकेको सरोकारवालाहरुले बताएका छन् । डिग्नीटी इनिसियटिभको आयोजनामा शुक्रबार बुटवलमा आयोजित संघीयता कार्यान्वयन र दलित अधिकार बिषयक अन्तरक्रियामा कार्यक्रममा सहभागीहरुले संविधानमा उल्लेख दलित अधिकार कार्यान्वयन प्रभावकारी बन्न नसकेको बताएका हुन ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद यम गैरेले नेपालको संविधान २०७२ अनुसार राज्यको शासन संरचना फेरिएको बताउँदै प्रदेश संरचनामा दलित अधिकार स्थापिन गर्नका लागि आफुहरुले पहल गर्ने बताए । उनले लुम्बिनी प्रदेशमा दलित अधिकारका सम्बन्धमा ऐन निर्माणका लागि सरकार र सदनमार्फत भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

    अर्का प्रदेशसभा सदस्य इन्द्रकुमारी गहतराजले विगतमा अनुभव र कार्यसम्पादनलाई आफूहरुले कार्यान्वयनमा लैजाने बताईन । उनले दलित समुदायका तर्फबाट आफुहरुको प्रतिनिधित्व भएकाले दलित अधिकारका सन्दर्भमा संसदमा कुरा उठाउने बताईन ।

    यस्तै अन्तरक्रियामा लुम्बिनी प्रदेशका पूर्व सांसद कमलादेवी विश्वकर्मा, दीपा विश्वकर्मा र माला गोतामेले अनुभव सुनाउँदै दलितका बिषयमा सशसक्त रुपमा आवाज उठाउनुपर्नेमा जोड दिएका थिए ।
    कार्यक्रममा लेखक तथा अनुसन्धानकर्ता जेवि विश्वकर्माले संघीयता नागरिकको शासज व्यवस्था भएको तर अधिकार कार्यान्वयनमा अलमल देखिएको बताए । उनले लुम्बिनी प्रदेशमा ५६ वटा कानुन बन्दा दलित समुदायलाई लक्षित गरी कानुन बन्न नसकेको बताए । उनले अब लुम्बिनी प्रदेशका सांसदहरुले दलित अधिकार ऐन ल्याउनुपर्ने र प्रदेशको दलित गौरवका आयोजना सञ्चालनका लागि दवाव सृजना गर्नुपर्नेमा जोड दिए ।

    उक्त अन्तरक्रियामा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य यमबहादुर विश्वकर्मा, वडासदस्य माया दर्नाल, दलित अधिकारकर्मीहरु जोगलाल विश्वकर्मा, हरिओम विश्वकर्मा, बाबुराम विश्वकर्मा, जुद्ध विश्वकर्मा, मनु खड्का,  कमला गहतराज, डिग्नीटी इनिसियटिभका कार्यसमिति सदस्य सुष्मा छिनाल लगायतले बोल्दै दलित आन्दोलन शिथिल बनेको र अब पार्टीभन्दा माथि उठेर साझा सवालको उठान गर्नुपर्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology