Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देशकै ठूलो यातायात व्यवसायीको चुनाव आज : खरेल र गाहा मैदानमा

देशकै ठूलो यातायात व्यवसायीको चुनाव आज : खरेल र गाहा मैदानमा

  • 1.0K
    SHARES

  • देशकै ठूलो यातायात व्यवसायीको चुनाव आज : खरेल र गाहा मैदानमा

    बुटवल,चैत १७।

    रुपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आज चुनाव हुदैछ । ब्यवसायीले नयाँ नेतृत्वको चयन कालगि दुइवटा प्यानल खडा गरेका छन् ।प्रालिको नेतृत्वको लागि वर्तमान अध्यक्ष दधिराम खरेल र अर्का व्यवसायी पदम गाहाले छुट्टा–छुट्टै प्यानलसहितको टिम बनाएर मैदानमा उत्रिएका हुन् ।

    दोस्रो अधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गर्नेछ । चौथो साधारणसभा शुक्रबारबाट बुटवलमा शुरु भएको छ । लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरीले साधारणसभाको उद्घाटन गर्नुभयो ।सरकारले सबै यातायात व्यवसायीलाई प्रालिमा लैजाने योजना कार्यान्वयन गरेसँगै नेपालकै ठूलो यातायात व्यवसायीको संस्था पश्चिम नेपाल बस व्यवसायी संघ प्रालिमा रूपान्तरित भएको हो ।

    संयुक्त प्यानल बनाएका खरेलले ११ जना सञ्चालक समितिको टिम तयार पार्नुभएको हो । खरेलको प्यानलबाट सदस्यहरूमा रामचन्द्र खड्का, जितेन्द्र खत्री, नारायण भण्डारी, नारायणप्रसाद घिमिरे, गोपालबहादुर पौडेल, चेतनारायण बेल्बासे, रामचन्द्र भुसाल सुरेन्द्र श्रेष्ठ, मोहन पीएस र जीवनकुमार बञ्जाडे रहेका छन् ।नयाँ नेतृत्वको लागि खरेल प्यानलले पत्रकार सम्मेलन गरी व्यावसायिक हकहित र सम्पूर्ण समस्या समाधान गर्न आफू एकपटक फेरि नेतृत्वमा आउने बताउनुभयो ।

    ‘मेरो कार्यक्षमता सम्पूर्ण व्यवसायीहरूले हेरिसकेका छन् । कुनै पनि गाडी दुर्घटनामा सम्पूर्ण खर्च समिति तिर्दै आएको छ । अब व्यवसायीलाई टायरको उपलब्धताको व्यवस्था पनि गर्छ’, उहाँको भनाइ छ ।  बामपन्थी टीमाबाट उम्मेदबार बन्नुभएका खरेल अहिले पनि अध्यक्ष हुनुहुन्छ ।यस्तै पदम गाहा समूहबाट कृष्णप्रसाद पाण्डे, रमेशप्रसाद अधिकारी, महेशकुमार कोइराला, मोतिकुमार उपाध्याय, कुश्माखर रेग्मी, प्रेम गौचन, मन्जुकुमारी गाहा, ऋषिराम पाठक, नारायण अधिकारी र राजेश लामा मैदानमा हुनुहुन्छ । गाहा बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसमेत हुनुहुन्छ । व्यवसायीको चाहनाअनुसार आफू नेतृत्वमा आउने गरी अघि बढेको गाहाको भनाइ छ ।

    गाहा प्रजातान्त्रिक समुहबाट चुनाबी मैदानमा हुनुहुन्छ । प्रालिले सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र मर्यादित बनाउने कुरामा जोड दिइरहेको प्रालिका सञ्चालक तथा लेखा संयोजक मोहन पीएसले बताउनुभयो ।प्रालिका सञ्चालक एवं सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण समितिका संयोजक नारायण घिमिरेका अनुसार विक्रम संवत् २०२६ सालमा पश्चिम नेपाल यातायात समितिको नाममा स्थापना भएको हो । सो संस्था आर्थिक वर्ष २०७५-०७६ मा प्रालिमा रूपान्तरित भएको थियो । प्रालिमा दुई हजार २  सय बस ब्यबसायी आबद्ध रहेका छन् ।bus samittee.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology