Logo मंगलवार, श्रावण १२ गते २०८३
images

खुमबहादुर खड्कालाई झुटा आरोप लगाएर फसाइयो : सभापति देउवा

खुमबहादुर खड्कालाई झुटा आरोप लगाएर फसाइयो : सभापति देउवा

  • 864
    SHARES

  • खुमबहादुर खड्कालाई झुटा आरोप लगाएर फसाइयो : सभापति देउवा

    दाङ,चैत्र १६ ।

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गिय नेता खुमबहादुर खड्कालाई झुटा आरोप लगाएर फसाइएको बताउनु भएको छ । दाङको लमही नगरपालिका–९स्थित अमिलिया बजारमा निर्मित स्वर्गिय खड्काको पूर्ण कदको  शालिक अनावरण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले स्वर्गिय नेता खड्का संग प्रजातन्त्रका लागि आँफुहरु संगै जेल परेको स्मरण गर्दै उहाँ एक असल नेता भएको स्मरण गर्नु भएको थियो ।

    खुमबहादुर खड्का जत्तिको ब्यक्तिलाई राजनीतिक रुपमा गलत तरिकाले लगाइएका मुद्दामा आश्चर्य मान्न नहुने भन्दै सभापति देउवाले त्यस्ता कुराहरु गलत थिए भन्ने आम कार्यकर्ताले जबाफ दिइएको हुँदा ती कुरा उठाउन सही नभएको तर्क गर्नु भयो । घर परिवारले धेरै नकारात्मक कुरा सहनु परेको भएपनि स्व. खुमबहादुरको घर नजिकै शालिक निर्माण पछि अनावरण गर्ने मौका दिएकोमा काँग्रेस दाङलाई र परिवारका सदस्यलाई सभापति देउवाले धन्यबाद दिनु भएको थियो ।  

    स्वर्गिय खड्का आफ्नो ब्यक्तिगत स्वार्थको लागि भन्दापनि प्रजातन्त्र र जनताको हितका लागि जस्तो सुकै कदम उठाउन पनि पछि नपर्ने एक बहादुर यौद्धा भएको देउवाले स्मरण गर्नु भयो ।कार्यक्रमलाई सम्बोधन गर्ने मध्य पार्टीका उपमहासचिव डिना उपाध्याय संगौराले, अर्का उपमहासचिव किशोरसिंह राठोर स्व. नेता खुमहादुर हुँदासम्म देशको राजनीति तरंगित हुने गरेको चर्चा गरेका थिए ।दाङबाट प्रतिनिधित्व गर्ने काँगेस केन्द्रीय सदस्य दीपक गिरीले स्व. खुमबहादुरलाई लोकतन्त्रको सुपर हिरोको संज्ञा दिनुभयो । अर्का केन्द्रीय सदस्य गोबिन्दबहादुर शाहले स्व. खुमबहादुर जेल परेपछि पनि जनताले देखाएको अपार विश्वास र प्रेमले उनी गलत थिएनन् भन्ने पुष्टि भएको बताउनु भएको थियो ।

    केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले स्व. खुमबहादुरलाई पार्टी भित्र मिस यूज गरिएको बताउनुभयो ।काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी, काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनीका स्वास्थ्य मन्त्री राजु खनाल लगाएतले स्व. खुमबहादुरलाई एक निर्भिक, निडर, बिकास प्रेमी, कुशल संगठक र क्रान्तिकारी छबीको नेताको रुपमा चर्चा गरेका थिए  ।खुमबहादुरका एक्ला छोरा तथा प्रदेश सभा सदस्य अनुराग खड्काले आफ्नो बुवा बीर, निर्भिक र एक इमान्दार नेता भएको बताउनु भएको थियो ।

     शालिक निर्माण समितिका संयोजक तथा दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेका अनुसार झन्डै आठ लाख खर्चिएर काठमाडौंमा शालिक निर्माण गरिएको हो । त्यसबाहेक शालिक स्थापना गरिएको स्थलमा मार्बल, स्टिल रेलिङ लगाएत अन्य साजसज्जाको काम गर्नु पर्दा २० लाख ४५ हजार जति खर्च भएको उहाँले बताउनु भएको थियो । जिल्लाका नेता कार्यकर्ताले स्वं खुमबहादुरको शालिक निर्माणका लागि २४ लाख बढी चन्दा संकलन गरेको निर्माण समितिका संयोजक पाण्डेले बताउनु भयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology