Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमामा अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता,१३ टिम सहभागि

तिलोत्तमामा अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता,१३ टिम सहभागि

  • 1.4K
    SHARES

  • तिलोत्तमामा अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता,१३ टिम सहभागि

    बुटवल,चैत्र १४ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्तरवडा स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता भोलिसम्म चल्ने छ । 

    प्रतियोगिताको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरीले बुधबार एक कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा बोल्दै नगरप्रमुख खाँणले खेलकुदको विकासका लागि पनि नगरपालिकाले विशेष ध्यान दिएको बताए । 

    साथै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने भएकाले भलिबल लगायतका सबै प्रकारको खेलाडीलाई हौसला प्रदान र आवश्यक सहयोग गर्ने बताए । साथै उपप्रमुख चौधरीले पनि नगरपालिकाले खेलाडी र खेल क्षेत्रको विकासका लागि सबैसँग हातेमाले गरेर अघि बढ्न तयार रहेको बताइन् ।game.jpg

    यस्तै नगर खेलकुद विकास संयोजक लोक पुनले तिलोत्तमा नगरपालिका १९ वडा मध्य १३ वटा वडाले मात्रै प्रतियोगितामा सहभागिता जनाएको बताए । पहिलो पटक प्रतियोगिता आयोजना गरिएकाले पनि ४ वटा वडाले आवश्यक तयारी गर्न नसक्दा सहभागि हुन नसकेको बताउँदै आग्रामी वर्ष सबै वडाबाट सहभागिता रहने विश्वास व्यक्त गरे ।volley ball.jfif

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology