Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा जेसिजमा २१ पिन्ट रगत संकलन

तिलोत्तमा जेसिजमा २१ पिन्ट रगत संकलन

  • 4.1K
    SHARES

  • तिलोत्तमा जेसिजमा २१ पिन्ट रगत संकलन

    बुटवल,चैत्र १४ ।

    तिलोत्तमा जेसिजले मणिग्राममा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा जेसिसका अध्यक्ष महेश शर्मा पौडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको छ ।

    तिलोत्तमा जेसिसका पुर्व अध्यक्ष एव प्रदेश खेलकुद परिषद लुम्विनिका सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रममा सस्थाका महासचिव प्रकाश न्यौपानेको जन्मदिनको केक काटेर कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

    सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव एव तिलोत्तमा जेसिसका पुर्व अध्यक्ष जय प्रकाश भट्टराईले रक्तदानको लागि स्वस्थ शरीर आवश्यक पर्ने र स्वस्थ शरिरको लागि खेलकुद महत्वपूर्ण रहेको बताए ।

    सो अवसरमा तिलोत्तमा जेसिसका पुर्व महा– सचिव समेत रहेका नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, ट्रेड युनियन नेपाली काग्रेस रुपन्देही अध्यक्ष राम प्रसाद ढकाल, पुर्व अध्यक्ष बासुदेव शर्मा, लोकमणी भन्डारी राजु, बिनित भट्टराई निवर्तमान अध्यक्ष प्रकाश गौतम, उपाध्यक्ष बिकास गौतम लगायतले बोलेका थिए ।

    सो अवसरमा तिलोत्तमा जेसिसका महासचिव प्रकाश न्यौपानेले रक्तदान कार्यक्रम गर्दै आफ्नो जन्मोत्सव मनाएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology