Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमा उद्योग वाणिज्य संघमा भित्ते पात्रो बिमोचन

तिलोत्तमा उद्योग वाणिज्य संघमा भित्ते पात्रो बिमोचन

  • 1.0K
    SHARES

  • तिलोत्तमा उद्योग वाणिज्य संघमा भित्ते पात्रो बिमोचन

    बुटवल,चैत्र १३ ।

    तिलोत्तमा उद्योग वाणिज्य संघले नया बर्ष २०८१ सालको भित्ते पात्रो प्रकाशन गरेको छ । होली पर्वको अवसरमा संघले    होली मिलन शुभकामना आदान प्रदान संगै  भित्ते पात्रोको बिमोचन गरेको छ । 

    भित्ते पात्रोको संघका सल्लहाकार कृष्णप्रसाद शर्मा, अध्यक्ष गुणनिधी भन्डारी(माधव), बाणिज्य उपाध्यक्ष हरिलाल पान्डेलगायतले  संयुक्तरुपमा बिमोचन गर्नुभयो ।

    शुभकामना आदान प्रदान तथा बिमोचन कार्यक्रममा संघका अध्यक्ष गुणनिधी भन्डारी(माधव)ले संघले बार्षिक कार्ययोजना अनुसार प्रत्येक बर्ष होलिकोको अवसरमा भित्ते पात्रोको बिमोचन सङ्गै शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको बताउनु भयो ।उहाले होली पर्वले समुदायबीच सद्‍भाव बढाउनुका साथै समुदायलाई एकताबद्ध गर्न र ब्यवसायिक एकतामा समेत टेवा पुर्याउने बताउनु भयो ।

    संघका सल्लाहाकार कृष्ण प्रसाद शर्मा, खिमानन्द भट्टराई, उपाध्यक्ष हरिलाल पान्डे, महासचिव राजकुमार पान्डे, कोषाध्यक्ष बिश्नु भन्डारी, एशोसिएट सदस्य किशोर पङ्गेनीलगायतले बोल्दै  असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयको रुपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्नुका साथै सबै समुदायकाबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्‍याउने बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology