Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

  • 2.1K
    SHARES

  • दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

    काठमाडौं,चैत्र १२ ।

    झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ।न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले सोमबार प्रक्रिया पुगेको भए बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएका हुन्।

    सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार आदेशको प्रति भने आइसकेको छैन। ‘दुर्गा प्रसाईंको मागबमोजिम रिट जारी भएको हो,’ उनले भने। प्रसाईंले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धनबारे चिकित्सा शिक्षा आयोगविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। प्रसाईंले २०७७ असार र असोजमा सर्वोच्चमा रिट दिएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology