Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रिय महिला भलिवलको उपाधी बुटवलको एभरेष्ट भलिवल क्लवको कब्जामा

राष्ट्रिय महिला भलिवलको उपाधी बुटवलको एभरेष्ट भलिवल क्लवको कब्जामा

  • 1.4K
    SHARES

  • राष्ट्रिय महिला भलिवलको उपाधी बुटवलको एभरेष्ट भलिवल क्लवको कब्जामा

    बुटवल, चैत ११ । 

    काठमाण्डौमा सम्पन्न राष्ट्रिय महिला भलिवल च्याम्पियनसिपको उपाधी बुटवलको एभरेष्ट भलिवल क्लवले हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपाल प्रहरीलाई पराजित गर्दै बुटवलको एभरेष्ट भलिवल क्लवले उपाधी हात पारेको हो। आठौं संस्करणसम्म आइपुग्दा एभरेस्ट पहिलोपल्ट च्याम्पियन बन्न सफल भएको हो । कुनै पनि राष्ट्रिय प्रतियोगितामा एभरेस्टको यो पहिलो उपाधि हो ।

    शसस्त्र प्रहरीको एपिएफ क्लवलाई पराजीत गरेर फाईनलमा प्रवेश गरेको नेपाल प्रहरीलाई चन्द्रागिरि नगरपालिकाको न्यू डायमण्ड महिला भलिबल क्लवलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको एभरेष्टले ३–१ को सेटमा पराजित गरेको हो। 

    शनिबार भएको फाइनलमा एभरेष्टले पुलिसलाई १९-२५, २५-२२, २५-१८, २५-१९ ले हराउँदै च्याम्पियन बनेको हो।तीन भारतीय खेलाडी जेन्सी जोनसन, केपि अनुश्री, सुर्याले पुलिसलाई दबाबमा राखेका थिए। १६-१६ बराबरी गरेको पुलिसले त्यसपछि २ अंकको अग्रता लिएको थियो।winner.jpg

    यस अघि शसस्त्र प्रहरीको नेपाल एपीएफ क्लबले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ।

    नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा बिजेत एभरेष्ट भलिबल क्लवले ५ लाख नगद र अन्य मेडलहरु हात पारेको छ भने उप बिजेता नेपाल प्रहरीले दुई लाख रुपैया पुरस्कार प्राप्त गरेको छ। त्यस्तै तेस्रोले रु एक लाख २५ हजार पाउने छन्।

    सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार पाउनेछन्। विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर,लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन्। नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चैत ३ गतेबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology