बुटवल,पुस १२-
बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक पुरूष विरामी भागेका छन् । गतको बुधबार कोरोना देखिएपछि अस्पतालको आइसियुमा भर्ना भएका बुटवल १३ का ५५ वर्षिया पुरुष हिजाेबाट गायब छन् ।
आइतबार बिहान परिवारले बिरामीसँग सम्पर्क गर्न खोज्दा अस्पतालमा बिरामी नभएको बिरामीकी श्रीमतीले जानकारी दिइन् ।उनले भनिन, ‘अहिले बिरामीको फोन अफ छ, कहाँ छन् पत्तो छैन ,खोजी गर्नुपर्यो । अस्पतालकै लापरवाहीले गर्दा हो ।’उता अस्पताल प्रशासनले पिसाब फेर्न भनेर शौचालय गएका विरामी भागेको बताएको छ ।
उनले भनिन, ‘हिजो साँझ फोन गर्दा यहाँका डक्टर र सिस्टरहरुले मलाई धन्न मारेनन् ।छिटो मलाई लिन आइज भन्नुभएको थियो । बिहान बिरामीलाई फोन गर्दा फोन उठेन । अस्पतालमा फोन गर्दा तपाईको बिरामी छैनन भनेर भने ।’
अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले भने, ‘हिजो साँझ घर जान्छु भन्नुभएको थियो । आज बिहान ६ बजेतिर पिसाब फेर्न शौचालय जान्नु भनेर निस्कनुभएको थियो ,भाग्नुभएछ । हामी खोजी गरिरहेका छौं ।’
याे घटनाले अस्पतालको प्रशासन र ब्यबस्थापन कस्ताे रहेछ भन्ने प्रमाण देखाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)