Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलको साइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाइ ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इयर’अवार्ड

बुटवलको साइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाइ ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इयर’अवार्ड

  • 1.3K
    SHARES

  • बुटवलको साइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाइ ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इयर’अवार्ड

    बुटवल,चैत्र १० ।

    साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इयर’ अवार्ड पाएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको आठौं न्यू बिज बिजनेश कनक्लेभ एण्ड बिजनेश अवार्ड–२०२४मा बैंक ले यो अवार्ड हात पारेको हो । होटल सोल्टीमा शुक्रबार साँझ आयोजित सम्मान समारोहमा उक्त अवार्ड बैंककी रिसोर्स म्यानेजमेन्ट अफिसर नम्रता थापालाई प्रदान गरीएको हो ।

    ‘यो उपाधि जित्नुमा बैंकका सरोकारवाला सबैको रचनात्मक साथ छ, बैंकका ग्राहक, कर्मचारी, शेयरधनी, र शुभेच्छुक सबैको प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका रहेको र यसले बैंकलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको बैंकका अध्यक्ष थानेश्वर पौडेलले बताए ।

    शाइन रेसुंगा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । यस बैंकले देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटिएम मार्फत आफ्नो सेवा प्रवाह गरीरहेको छ ।  बैंकको अधिकृत पुँजी ८ अर्ब र चुक्ता पुँजी ४ अर्ब ७३ करोड रहेको छ।bank.jpg

    कुल ११ विधामा अवार्ड वितरण गरिएको सो कार्यक्रममा ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’को अवार्ड सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पाएको छ भने ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’को अवार्ड एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हात पारेको छ ।

    यस्तै, ‘बेष्ट फाइनान्स कम्पनी अफ दि इयर’को अवार्ड मञ्जुश्री फाइनान्स लिमिटेड, ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इयर’को अवार्ड साइन रेशुंगा डेभलपमेन्ट बैंक लिमिटेड र ‘बेष्ट कमर्शियल बैंक सर्भिसिङ मार्जिनालाइज्ड जियोग्राफिकल एरियाज अफ दि इयर’को अवार्ड कृषि विकास बैंकले पाएको छ ।

    यसैगरी, ‘बेष्ट कमर्शियल बैंक इन प्रिस्क्राइब्ड सेक्टर लेन्डिङ अफ दि इयर’को अवार्ड एनएमबि बैंक, ‘बेष्ट म्यानेज्ड कमर्शियल बैंक अफ दि इयर’को अवार्ड स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड, ‘प्रिमियर होटल अफ दि इयर’को अवार्ड सोल्टी होटल लिमिटेड र ‘आउटस्ट्यान्डिङ हस्पिटल अफ दि इयर’को अवार्ड हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) र ‘बेष्ट म्यानेज्ड कम्पनी अफ दि इयर’को अवार्ड नेशनल हेल्थकेयर प्रालिले पाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology