Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुन तस्करी प्रकरणमा मुछिएका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा

सुन तस्करी प्रकरणमा मुछिएका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा

  • 1.2K
    SHARES

  • सुन तस्करी प्रकरणमा मुछिएका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा

    काठमाडौं, चैत ९  ।

    सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा शुक्रबार हाजिरी जमानीमा रिहा हुनुभएको छ ।

    महरालाई उहाँका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का  प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टोलीले पूर्व सभामुख महराको शुक्रबार बयान सकिएपछि उहाँलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।

    यसअघि शुक्रबार नै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिनुभएको थियो ।

    महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो ।

    सुनको अवैध तस्करी एवम् नियन्त्रण सम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा ब्युरोले महरालाई पक्राउ गरेको हो । रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology